Logo

बाइस वर्षीय युवकको साथमा ब्राउनसुगर



काठमाडौं, ६ असोज । लागूऔषध ब्राउनसुगर सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर ५ का अनिल कुँवर रहेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट कुँवरलाई १ दशमलव ४४ ग्राम लागूऔषध ब्राउन सुगर सहित ५ असोजको बिहान प्रहरीले पक्राउ गरेको हो ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना.५ ख ७६९९ नम्बरको बसमा सवार कुँवरले झोलामा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्