Logo

भैंसीकाण्डदेखि सुनकाण्डसम्मको पर्दाफास गरे महरले (तस्विरसहित)



काठमाडौं, ६ असोज । नेपाली काँग्रेसका युवा युवा नेता नैनसिंह महरले पुस्तकमार्फत् भैंसीकाण्ड देखि सुनकाण्डसम्मको पर्दाफास गरेका छन् । नेकपा सरकारको काण्डै काण्ड पुस्तकमा ३३ किलो सुनकाण्ड, वाइडबडी काण्डलगायतका भ्रष्टाचार र अनियमितताका विषयहरु समावेश छन् ।

सोमबार पुस्तकको विमोचन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए । पुस्तकमा सिण्डीकेट काण्ड, डा. गोविन्द केसीको अनसनपछि अस्पतालमा गोली काण्ड, निर्मला हत्या काण्ड, सन्नी खुन्ना काण्ड, उपकुलपति काण्ड, ठेक्कापट्टा काण्ड, होलीवाइन काण्ड, गाईकाण्ड, भेनेजुएला काण्ड, गुठी काण्ड, मिडिया विधयेक काण्ड, विषादी काण्ड, आइफा काण्डलगायत समावेश छन् ।

कर्णाली प्रदेशमा कृषकलाई भैंसी वितरण भनेर कृषिमन्त्री विमल केसीले कार्यकर्तालाई भैंसी वितवरण गरेको विषय समेत छ ।

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका महरले यसअघि अबको काँग्रेस, शिक्षाका चुनौतीहरु, नेपाली काँग्रेस र भातृ संगठन, संकल्प, प्रतिज्ञा जस्ता पुस्तक लेखिसकेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्