Logo

२२ हजारको जागिर जाने गरी थोमस कुक खारेजी नजिक



२२ हजार मानिसको रोजीरोटीको जागिर जाँदा के होला ? बेलायतमा मात्र नौ हजारले जागिर गुमाउनुपर्ने अवस्था आएको छ ।

१७८ वर्ष पुरानो बेलायती टुर अपरेटरले आजबाट आकस्मिक रुपमा व्यवसाय रोकेको छ । यसले २२ हजारको रोजगारी गुम्ने भएको छ भने लाखौं ग्राहक मारमा परेका छन् ।

टुरमा गइसकेकालाई पनि चाटर्ड विमानबाट फर्काइँदैछ । उनीहरुलाई ४८ घन्टाभित्र फर्काइने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

कम्पनि मन्दीमा परेको थियो । थोमस कुकले टुरको बुक गर्नेलाई इन्सुरेन्सका माध्यमले मिलाउने जनाएको छ । तर, उसको भविष्यमाथि प्रश्न उठिसकेको छ । कम्पनि भंग भएमा हजारौं कामदार प्रभावित हुनेछन् । संसारभर लाखौं ग्राहकलाई असर पर्नेछ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्