Logo

फिल्म शुटिङ्गमा गयो कि केकीको दुर्घटना



चर्चित नायिका केकी अधिकारी शुटिङ्गको क्रममा रौटहत जाँदा दुर्घटनामा परेकी छिन् । यो गाडी दुर्घटना उनको तेस्रो पटक हो ।काठमाडौंबाट रौतहट शुटिङ्गको लागि हिडेको स्कोर्पियो बिहान ४ बजे तीव्र गतिको कारण दुर्घटनामा परेको हो ।

कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको गाडीमा ठूलो क्षति भएपनि सवार सबैलाई सामान्य चोटपटक लागेको र शुटिङ्गका लागि लगिएको सम्पूर्ण क्यामरा तथा उपकरणहरु सुरक्षित रहेको जनाइएको थियो ।

केकीको यो पहिलो दुर्घटना भने होइन । उनी यो भन्दा अगाडि पनि शुटिङ्ग कै क्रममा दुई पटक दुर्घटनामा परेकी छिन् । पहिलो पटक उनी २०६८ माघमा रिलिज भएको चलचित्र “ आई एम सरी” को लमजुङ शुटिङ्गको क्रममा खोलामा डुबेकी थिइन् । उनीले झन्डै डुबेर ज्यान गुमाएकी थिइन् । तर, उनको भाग्य उनीलाई केही भएन ।

दोस्रो पटक उनी पत्रकार दिपेन्द्र लामा निर्देशित चलचित्र शुटिङ्गमा जाने क्रममा बाइक दुर्घटनामा परेकी थिइन् । राम्रो कुरा के भने उनी अहिले सम्म कुनै पनि दुर्घटनामा गम्भिर अवस्थामा भने पुगेकी छैनन् ।



प्रतिक्रिया दिनुहोस्