Logo

हातहतियार सहित पक्राउ



भोजपुर, ६ असोज । हातहतियार तथा विभिन्न सामान सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्याम्केमैयुङ गाउँपालिका ५ चोलन्ती बस्ने बमबहादुर बिष्ट रहेका छन् । बिष्टलाई भोजपुर नगरपालिका १० स्थित गजुरमुंखी भिर नजिकबाट हातहतियार तथा विभिन्न सामान सहित ५ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले प्लाष्टिक हेण्ड ग्रिनेड एक थान, अटोमेटिक पेस्तोल दुई थान, म्याग्जिन दुई थान, गोली १० राउण्ड, मोबाइल एक थान, सिम कार्ड १२ थान, नगद ५ हजार ९ सय ७० रुपैयाँ र विभिन्न सामान सहित फेला पारी बिष्टलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्