Logo

ट्रोल बनेकी सोनाक्षीको यस्तो जवाफ



बलिउड नायिका सोनाक्षी सिन्हाले आफु धेरै ट्रोल भएपछि ट्वीटमार्फत जवाफ दिएकी छिन् । सोनाक्षीले ट्वीटरमा आफुलाई पाइथागोरसको साध्य, मर्चेन्ट अफ भेनिस, मुगल सल्नतनका कालक्रम लगायत धेरै कुरा थाहा नभएको र आफुलाई मीम्स मनपर्ने भएकोले काम नभएका ट्रोलर्सहरुलाई त्यस विषयमा पनि ट्रोल बनाउन भनेकी छिन् ।

नायक अमिताभ बच्चनले संचालन गर्दै आएको ‘कौन बनेगा करोडपति’ शोमा पुगेकी सोनाक्षीले रामायण सम्बन्धी एक सामान्य प्रश्नको जवाफ दिन नसकेको भन्दै उनलाई ट्रोल बनाइएको छ । कार्यक्रममा उनलाई ‘रामायणका अनुसार, हनुमानले कसका लागि संजिवनी बुटि लिएर आएका थिए ?’ भनेर सोधिएको थियो । उनले सोधिएको प्रश्नको उत्तर दिन सकिनन् र ट्रोलको शिकार भइन् ।

Photo Source: Sonakshi Sinha Twitter



प्रतिक्रिया दिनुहोस्