Logo

६ जुवाडे पक्राउ



काठमाडौं, ६ असोज । खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३ बाँसवारीस्थित प्रेम खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखाका प्रेम मगर सहित ६ जनालाई नगद १७ हजार ९ सय २० रुपैयाँ र तीन बुक तास सहित ५ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम