Logo

दूध नपिउँदा के हुन्छ



दूध शरीरको लागि अत्यावश्क पौष्टिक पद्धार्थ हो । यसको सेवन अनिवार्य रुपमा सबै उमेरका मानिसहरुले गर्नु जरुरी छ । यसले हामीलाई धेरै मात्रामा प्रोटिन दिने गर्छ । हड्डी र दाँतको विकासलाई निरन्तरता दिनका लागि आवश्यक क्याल्सियम दूधमा पाइन्छ । यो बाच्चाहरुको लागि निकै पौष्टिक हुन्छ । दुध बाहेक अरुहरुले पनि क्याल्सियम दिन सक्छ । जस्तै चीज र अन्य दूधका परिकारहरु सेवन नगर्दा हाम्रो शरीरलाई के हुन सक्दछ । यो जान्न जरुरी छ ।

दूध नपिउँदा हाम्रो शरीरमा क्याल्सियमको निकै कमि हुन सुरु हुन्छ । जसले गर्दा हड्डीको विकासमा अवरोध आउने गर्छ । हड्डीहरु छिट्टै दुख्न र कमजोर हुन थाल्छ । एसिडिटीको मात्रा निकै बढ्न थाल्ने गर्छ । जसलाई रोक्न कठिन पर्छ । विशेष गरि बच्चाहरुलाई दूधले निकै फाइदा पुग्छ । दूध सेवनमा कमि आयो भने बच्चाहरुको दाँतको विकास र हड्डीको विकासमा निकै कमी देखिने गर्छ । यसकारण मानसिक विकासमा पनि असर पर्ने गर्छ । बच्चाहरु खाना खान कम रुचाउने गर्छन् ।

दूध नपिउनेमा हड्डीको समस्या बढी देखिएको अनुसन्धानले देखाएको छ । हड्डी खिइने रोगमा क्याल्सिमयको कमी पनि एउटा कारण हो । दूध नपिउँदा हड्डी खिइने रोगका अलावा सामान्य ठक्करबाट पनि हड्डी टुट्ने खतरा बढी रहन्छ । –एजेन्सी  Photo Source :Daily Farmer



प्रतिक्रिया दिनुहोस्