Logo

ट्राफिक प्रमुख ढकाल भन्छन् : ‘ट्राफिक व्यवस्था विशेष बनाएका छौं, समस्या भए फोन गर्नुहोस’ (भिडियोसहित)



काठमाडौं, ६ असोज ।  ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम प्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले सोहीअनुसारको विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारे । उनले भने,‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले सोहीअनुसारको टा«फिक व्यवस्थापन गरेका छौं । सवारी आवागमन धेरै छ, किनमेल गर्न जानेदेखि लिएर अन्य कुराको भीड छ । हामीले पनि त्यहीअनुसारको सुरक्षा व्यवस्था गरिराखेका छौं ।’ यात्रुहरुलाई सजिलो तुल्याउनेगरि आफूहरुले सुरक्षा व्यवस्था अपनाएको उनको भनाई छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यात्रुहरुलाई सहज होस भनेर नै सरोकारवाला निकायसँगको सहकार्यमा बसपार्कहरुमा नागरिकता सहायता कक्ष पनि सञ्चालनमा ल्याईएको सुनाए । जसअन्तर्गत नयाँ बसपार्कमा अहिले १४ वटा कक्ष सञ्चालनमा रहेका छन् । उनले एक दुई दिनभित्र अन्य स्थानमा पनि यस्तै कक्ष सञ्चालनमा आउने विश्वास दिलाए ।

सवारीसाधन दुर्घट्नाको तथ्यांक हेर्दा धेरै दुर्घट्ना चालकको लापरवाहीको कारणले भएको देखिएको सुनाउँदै ढकालले यसतर्फपनि आफूहरुले विशेष ध्यान दिएको सुनाए । उनले भने,‘चालकको लापरवाहीको कारणले धेरै दुर्घट्ना भएको देखिन्छ। मादक पदार्थ सेवन गर्ने, एउटै चालकले लामो दुरीसम्म गाडी चलाउने कारण बनेका छन्, यसलाई मध्येनजर गर्दै हामीले लामो दुरीको गाडीमा अनिवार्य रुपमा दुई जना चालक राख्न कडाई गरेका छौं । यसको लागि काठमाडौंबाट छुट्ने गाडीमा थानकोटमा ड्राईभरको फोटो लिन्छौं । र, सोही फोटो अरु ठाउँमा पुर्याउँछौं ।’

चाडपर्वको मुखमा दुर्घट्ना हुनु दुःखद् कुरा भएको सुनाउँदै त्यस्तो दुर्घट्ना नहोस भनेर नै विशेष सुरक्षा व्यवस्था अपनाईएको उनको भनाई छ । उनले अहिले टा«फिक प्रहरीको जनशिक्त १३ सय ६८ जना रहेको सुनाए । यसमध्ये २ हजार १४ जना काठमाडौंमा मात्रै खटिररहेका छन् । उनले भने,‘६, ७ सय सवारी एक जना टा«फिक प्रहरीले हेर्नुपरेको छ । त्यस्तै, ‘हिट एण्ड रन’ का घट्नापनि बढेकोले आफूहरुले त्यसको लागि धेरै जनशक्ति थपेको उनले सुनाए ।

ढकालले बसपार्कमा यात्रुहरुलाई सास्ती नहोस् र कोहीपनि यात्रु नठगिउन भन्नको लागि बसपार्कमा खटिने कर्मचारी, यातायात व्यवसायीलाई अनिवार्य पोशाकको व्यवस्था गरेको पनि सुनाए । त्यस्तै, सादा पोशाकमा पनि प्रहरी परिचालित रहेको उनको भनाई छ । जनचेतनाको लागि काठमाडौं बसपार्कबाट छुट्ने गाडीमा अडियो–जिंगल बजाउनको लागि एक हजार गाडीलाई वितरणगरिएको पनि उनले जनाए ।

उनले काठमाडौंको ट्राफिक व्यवस्था राम्रो रहेको सुनाए । सवारी नियम उल्लंघन गर्नेहरु दैनिक १६, १७ सय सवारीहरु कारवाहीमा पर्ने गरेको पनि उनले आँकडा सुनाए । त्यस्तै, मापसे गर्नेपनि दैनिक १५० जना कारवाहीमा परेका छन् । ढकालले चाडपर्व लक्षित गरेर ५ सय जना युवा स्वयमसेवीहरु हिजोबाट परिचालित भएको पनि सुनाए । उनले विगतभन्दा यसपटक राम्रो भएको अनुभुति जनताले पाईरहेको दाबी गरे ।

ढकालले केही समस्या परे सिधै आफूहरुलाई सम्पर्क गर्नपनि सुझाए । त्यसकोलागि उनले १०३ मा सम्पर्क गर्न आग्रह गरेका छन् । आफूहरु चौविसै घण्टा सेवमा समर्पित रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्