Logo

नवजात शिशुको कपाल किन झर्छ



शिशुको दिन प्रतिदिन शरीरमा परिवर्तन आउने गर्छ । हरेक अंग विकास हुनगर्छ । शिशुको जन्मको केही हप्ता वा महिनामा निकै परिवर्तन आउने गर्छ । यस कारण शिशुमा भएको कपाल परिवर्तन विस्तारै कमी हुन्छ । अथवा केहि महिनामा खुइलिन पनि सक्छ । यसमा अत्तिनु पर्दैन ।

शिशुको कपालको विकास तेश्रो महिना देखि नै सुरु हुने गर्छ । तर जन्मे संगै यसको कपाल बिस्तारै झर्ने गर्छ । शरीर विकास भईरहेको जनाउँछ । वयस्क उमेरका मानिसहरुमा झर्ने क्रम वा कसैमा नझर्ने क्रम जारी रहन्छ । तर झर्ने क्रम नभएको मानिसको कपाल एक दिनमा ५० देखि १०० वटा कपाल सम्म गनेर झर्ने गर्छ । नवजात शिशुमा यस्तो नहुन सक्छ । जन्मेको केही समय पश्चात नै शिशुमा परिवर्तन हुन सुरू हुन्छ । शिशु र आमा दुवैमा हर्मोनल परिवर्तनको कारण कपाल झर्ने गर्छ । सफल जन्म यसले दर्शाउछ । केही हार्मोनहरूले शिशुको रगत नली र नशाको विकास र वृद्धिमा मद्दत गर्दछ । गर्भनाल काटिएपछि अंगहरूले श्रमको बखत पर्याप्त रगत पाउने गर्छ ।

कोर्टिसोल नामक हर्मोनले शिशुको फोक्सोलाई विकास गर्न मद्यत गर्छ । जसले पहिलो स्वास प्रवाह गर्न मद्यत गर्छ । यसले शिशुको आफै उर्जा र गर्मी प्रदान गर्न मद्यत गर्छ । कोर्टिसोलले शिशुको हरेक कुरामा मद्यत पुर्याउने गर्छ । यो एक मुख्य हर्मोनको रुपमा चिनिने गर्छ । कोर्टिसोल बच्चा गर्भबाट निकिने अवस्थामा सिर्जना हुन हर्मोन हो । यसले हरेक परिवर्तनमा मद्यत गर्ने गर्छ र कपालमा यसले कुनै खालको मदत नपुर्याउने कारणले शिसुको जन्म साथ् केहि हप्ता वा महिना पछि कपाल झर्न थल्छ र पुनः केहि दिन पछि पलाउने गर्छ ।
कपाल झर्ने क्रम शिशुमा आठ देखि १२ हप्तामा देखा पर्ने गर्छ । यसको पुनः विकास तीन देखि सात महिना सम्ममा आउने गर्छ । करिब दुई वर्ष सम्म शिशुको कपाल पातलो नै हुनगर्छ शिशुको कपालको झर्ने क्रम यसको जेनेटिक ओर्डेर र पौस्टिक आहारको कारण देखा पर्ने गर्छ । त्यसैले शिशुको कपाल खौरेर कपाल बाक्लो हुन अनुमान गलत रहेको छ ।-एजेन्सी Photo Source: Healthline



प्रतिक्रिया दिनुहोस्