Logo

ओरालो लागेको शेयर बजार : ३ वर्षमा ७४० अंक गिरावट



काठमाण्डौ । नेपाली शेयर बजार अस्थिर मानिन्छ । स–साना कारणले पनि नेप्से परिसुचक उकालो लाग्ने र ओरालो लाग्ने भइरहन्छ । पछिल्लो तीन वर्षमा शेयर बजार मापक नेप्से ७ सय ४० अंकले गिरावट आएको छ । केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवाडाकै अभिव्यक्तिले पनि शेयर बजार ओरालो लागेको आरोप लाग्दै आएको छ ।

तीन बर्षअघि १ हजार ८ सय ८१ विन्दुमा पुगेको सेयर बजार सोमबारसम्म आईपुग्दा ७ सय ४० अंकले घटेर एक हजार एक सय ४० अंकमा आईपुगेको छ । लगातार सेयर बजार घट्दै जाँदा लगानीकर्ता निराश छन् । अर्थमन्त्री डा. युवराज खतिवडाका कारण शेयर बजार ओरालो लागेको आरोप पनि लाग्दै आएको छ ।

अर्थमन्त्री खतिवडा मन्त्री बनेपछि एक संचारमाध्यमलाई अन्तरवार्ता दिँदा बजारमा देखिएको तरतला समाधानका लागि वैदेशिक सहायता लिन सकिने तर त्यसरी प्राप्त भएको पूँजी शेयर बजार, घर जग्गा कारोबार जस्ता अनावश्यक र अनुत्पादक क्षेत्रमा लगानी गर्न नसकिने अभिव्यक्ति दिएका दिएका थिए ।

यही अभिव्यक्तिका कारण लामो समयसम्म शेयर बजार ओरालो लागेको भन्दै लगानीकर्ताहरु मन्त्रीसँग रुष्ट बने । तर, नेपाली सेयर बजार निरन्तर यसरी घट्दै जाँदा पनि सरकारले लगानीकर्ताको मनोबल उकास्ने जस्ता कुनै पनि काम गर्न नसकेको लगानीकर्ताहरु दुःखेसो पोख्छन् ।

२०७६ साल साउन १ गतेसम्म सेयर बजार १ हजार २ सय ५५ विन्दुमा थियो । त्यसपछिको दुई महिनामा बजार एक सय १५ विन्दुले घटिसकेको छ । लामो समय बजार शिथिल हुँदा पनि अन्य देशमा जस्तो बजार सुरक्षितपार्नेतर्फ राज्यका तर्फबाट कुनै पहल हुन नसकेको ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाट बताउँछन् ।

यता सेयर बजारको अनुगमन, नियमन गर्दै आएको नेपाल धितोपत्र बार्डका प्रवक्ता निरज गिरी बजार सुरक्षित र व्यवस्थित बनाउन अनलाईन कारोबारदेखि गैरआवासिय नेपालीलाई प्रवेश गराउने पहल र ब्रोकरको सङ्ख्या बढाउन लागिएको बताउँछन् ।

सेयर लगानीकर्ताहरु घट्दो बजार देखेर निराश छन् । २०७२ सालतिर सेयरको मूल्य अचाक्ली बढेपनि बैंकले ब्याजदर बढी दिनथालेपछि बजार ओरालो लाग्नेक्रम जारी छ । सेयर बजार सुधारका लागि पहल गर्न ढिला भईरहेको छ, लगानीकर्ताहरु पर्खिरहेछन् अब यसलाई सम्बोधन गर्ने कहिले ?



प्रतिक्रिया दिनुहोस्