Logo

चीन पछ्याउँदै नेकपा : पार्टी मिल्यो, नेताको मन मिलेन



काठमाण्डौ । तत्कालिन एमाले र माओवादीविच पार्टी एकता भएको १८ महिना वित्न लाग्यो । यो विचमा पार्टीको सांगठानिक एकता देखि नेताहरुको कार्यविभाजन समेत टुंगो लगाए भने अझै केही महत्वपुर्ण कामहरु बाँकी नै छ । यस्तै–यस्तै विवाद रहदै आएको सत्तारुढ दल नेकपाभित्र पार्टी मिले पनि, नेताहरु नमिलेको तथा मन मिल्न सकेको छैन । झन पछिल्लो पार्टीको स्कुल विभागले सोमबार र मंगलबार गर्न लागेको प्रशिक्षणमा सहभागी तथा प्रशिक्षण प्रस्तुत हुने विषयले थप नेकपाभित्र थप विवाद बल्झिएको छ ।

सत्तारुढ दल नेकपाले मुलुकको विकासको लागि चिनियां राष्ट्रपति सि जिङ पिङको विचारधारालाई अबलम्बन गर्ने रणनिति त बनाए तर पार्टीभित्रै गंम्भिर छलफल र बहस नगरेको भन्दै असन्तुष्टि फैलिएको छ । नेकपाले सिको विचारधारालाई लिएर आफ्नो कार्यदिशा बनाउन खोज्नु हनुमानगिरी भएको समेत टिप्पणी हुन थालेको छ ।

वरिष्ठ लेखक तथा साहित्यकार खगे्रन्द्र संगौलाले ट्वीट गरेर नेकपा अनावश्यक भत्तिभजनमा उत्रिएको समेत उल्लेख गरेका छन् । यति मात्र होइन साहित्यकार संगौलाले समाजवादको नाममा सीले चीनमा संचालन गरेको शासन कुनै विचारधारा नभएर निरंकुश अभ्यासको संकेत दिएका छन ।

नेकपाको सरकारले अधिनायवाद लाद्न खोजेको भन्ने आरोप लागीरहेका बेला यस्ता अभिव्यत्तिले समेत थप बल पु¥याएको छ । अर्को तर्फ चिन जस्तो सम्बृद्ध मुलुकको सिद्धान्तहरु सिक्नु राम्रो कुरा भएपनि त्यसको व्यावहारमा कार्यन्यवन हुन सके मात्र त्यसले अर्थ राख्ने राजनितिक विश्लेषक कमल कोइरालाको भनाई छ ।

अर्का विश्लेषक नरेन्द्र पिटरले सामाजाजिक संजाल फेसबुकमा नेकपाको सि जिन पिंङ पथ शिक्षा र प्रशिक्षण शक्तिको चाकरीको भद्धा अभ्यास भएको टिप्पणी गर्नुभएको छ । पिटरले नेपालका संस्थापक कम्युनिष्ट नेतहरुको अपमानसमेत भएको तर्क गर्नुभएको छ ।

त्यसो त प्रशिक्षणको विषयलाई लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समेत असन्तुष्टि देखाएका छन । अध्यक्ष दाहालले यसअघि मुलुक समाजवादतर्फ उन्मुख भइसकेकोले पार्टीको आगामी सिद्धान्त नै समाजवाद हुनुपर्ने बताउदै आउनुभएको छ ।

सोमबार मात्रै अध्यक्ष दाहालले कहिले काही त आफ्नो पार्टी र आफु कम्युनिष्ट नै होइन की भन्ने लाग्ने गरेको प्रतिक्रियाले पनि यो प्रशिक्षणबाट सन्तुष्ट छैन भन्ने संकेत देखाएको छ ।

सरकार बनेको १८ महिना हुन लाग्दा समेत सरकारको कामबारवार्ही प्रभावकारी नभएको भन्दै चौतफी विरोध भइरहंदा नेकपाले यो प्रशिक्षणबाट पार्टीलाई कसरी अगाडी बढाउला त्यो भने समयले नै बताउला ।



प्रतिक्रिया दिनुहोस्