Logo

कृषि प्राविधिकको आन्दोलन चर्कियो, कृषि विभागमा धर्ना दिन पुग्दा प्रहरी हस्तक्षेप (तस्बिरसहित)



काठमाडौं, ६ असोज । देशका ७७ जिल्लाका कृषि तथा पशु सेवाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । तीन हजार भन्दा बढी संख्याका प्राविधिकहरुले आफूहरुलाई हटाउने सरकारले गरेको निर्णयको विरोध गर्दै राजधानीमा प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

सोमबार हरिहरभवनस्थित कृषि विभागमा धर्ना दिन पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । कृषि प्राविधिकहरुको विरोधका कारण जावलाखेल देखि माइतीघर क्षेत्र अवरुद्ध भएको थियो । सडक खुलाउन प्रहरीले कृषि प्राविधिकहरुलाई नियन्त्रणमा लिएको थियो ।
अर्थ मन्त्रालयले हालैमात्र करारमा राखिएका कृषि प्राविधिकहरुलार्य हटाउन गरेको निर्णय खारेज गरी एक गाउँ एक प्राबिधिकलाई निरन्तरता को माग गर्दै अब सुनुवाई नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

कृषि मन्त्रालयले २०७२ साल देखी करार रूपमा देशको ७४ जिल्लामा भर्ना गरेको कृषि तथा पशु सेवा गरि ३ हजार जना ७५३ स्थानीयमा कार्यरत प्राबिधिक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७६ असार २९ गतेको पत्र अनुसार २०७६र७७को पहिलो चौमासिक रूपमा ब्यबस्थापन हुने र निरंतरता लागी पत्र स्थानीय तहमा पठाए पछि साउन देखी कार्यरत रहेका छन् । समायोजनका समयमा काममा निरन्तरता दिलाउने भनेपनि अर्थ मन्त्रालयले दशैंको मुखमा हटाउने निर्णय गरेपछि तीन हजारभन्दा बढी कृषि प्राविधिक आन्दोलनमा उत्रिएका हुन् ।


प्राविधिकहरुलाई हटाइ नयाँ पहिलो श्रेणीको पदमा राख्ने मन्त्री स्तरीय निर्णय गरे पछी त्यसको विरुद्ध देश भरका कृषि तथा पशु सेवा प्राविधिक काठमाडौंमा आएर आन्दोलनमा उत्रिएका हुन् ।

नेपालको झन्डै ६६ प्रतिशत मानिस कृषि पेसामा सग्लन रहेका छन् । यहीँ अनुरुप देशभरकृषी सेवा को पहुँच पुर्याउने उद्देश्यले २०७२ साल देखी कृषि मन्त्रालयले लाकसेवाको परामर्शमा करारका रूपमा एक गाउँ एक प्राबिधिक अवधारणा ल्याइ एक गाउँ एक प्राबिधिकको रूपमा देखी भरि १५ सय कृषि र १५ सय पशु सेवा प्राबिधिकको दरबन्दी राखिएको थियो । त्यसपछि कृषि तथा पशु सेवा बिभाग मार्फत साबिक जिल्ला कृषि बिकास कार्यलयले लिखित तथा मौखिक पुरा गरि भर्ना गरेर कृषि तथा पशुको सेवा नपुगेको साबिक गाउ बिकास समिति मा खटाएको थियो ।

आन्दोलनरत प्राविधिकहरुका अनुसार अहिले देश संघीयतामा गैई सके पछि जिल्ला कृषि बिकास कार्यालयले स्थानीय तहमा खटाएको थियो । प्राय स्थानीय तहमा स्थाइ कर्मचारी नभएपछी यीनै करार प्राविधिकले स्थानीय तह धानिरहेका थिए ।
देशको दुर्गममा ठाउँहरुमा एक गाउँ एक प्राबिधिक पुगेर सेवा दिई रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्