Logo

विजुक्च्छे फेरि अध्यक्ष बन्दा नेमकिपाको निष्कर्षः अमेरिकाले चीन र भारतलाई भिडाउन खोज्यो



काठमाडौं, ६ असोज । नेपाल मजदूर किसान पार्टीको सातौं महाधिवेशनले नारायणमान विजुक्च्छे रोहितलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरी राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे निष्कर्ष निकालेको छ । नेमकिपाको राजनीतिमा एकछत्र राज गर्दै आएका वयोवृद्ध नेता रोहितले पार्टीमा आफ्नो उत्तराधिकारी समेत स्पष्ट पारेनन् ।

रोहित अध्यक्ष बन्दै गर्दा २५ सदस्यीय केन्द्रीय सदस्य समेत चयन भएको छ । जसमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य र अनुराधा थापामगर छन्। त्यसैगरी कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू र सरोजकुमार साह छन् । वैकल्पिक केन्द्रीय सदस्यहरुमा कृष्णबहादुर तामाङ र मुक्ति छन् । रोहितले आजै बन्दसत्रमा सपथ लिएपछि केन्द्रीय सदस्यहरुलाई सपथ गराएका छन् ।

नेमकिपाले देशको राजनीतिबारे उल्लेख गर्दै नागरिकता विधयेकमाथि प्रश्न उठाएको छ । उसले गुठी संस्थन खारेज गरी स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने भनेको छ ।

नेमकिपाले अमेरिकाले दक्षिण एशियामा भिडन्तको स्थिति सृजन ागर्न खोजिरहेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको छ । चीन र भारतबीच मतभेद सृजना गरी एशियाली शक्तिहरुलाई भिडाउने षड्यन्त्र गरेको उल्लेख छ । पाकिस्तानलाई एक्ल्याउने र चीनलाई घेर्ने विषय उल्लेख गर्दै जम्मु काश्मिरमा भारतको कदमको विरोध गरेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्