Logo

क्ल्यिोपात्राः जसको नाक एक इन्च लामो छोटो भएको भए विश्व अर्कै हुन्थ्यो



इजिप्टकी सुन्दरी महारानी क्लियोपात्रा । उनको नाक अलिकति मात्र लामोछोटो भइदिएको भए के हुन्थ्यो ? विश्वको राजनीतिक भू–गोल अर्कै हुन्थ्यो होला । भौतिक विकासले आजभन्दा अगाडिको अवस्थालाई छोइसकेको हुन्थ्यो होला । दुई हजार वर्ष पहिले भएको समुन्द्री र जमिनको युद्धमा लाखौंको ज्यान जाने थिएन होला । सौन्दर्य र सौर्यले सँसारलाई नतमस्तक बनाउने इजिप्टकी रानी दुई हजार वर्ष अघि भएका विध्वंसकारी युद्धहरूको कारण बनिन् । युद्धका कारण भौतिक विकास दुई हजार वर्ष पछाडि धकेलियो । साँचो प्रेमकी प्रतिकको परिचय बनाएकी क्ल्यिोपात्राको सौन्दर्य सँसारमा भएको हिंसाको एउटा कारण बन्यो । सँगै अमर प्रेमको पृथक अर्थ स्थापित भयो ।

क्ल्यिोपात्रालाई प्रेमकी देवी मान्नेहरू उत्तिकै छन् । कतिपय महिलाहरूका माझ उनी साहसी र क्षमतावान् नारी हुन् । शासक परिवारमा इशापूर्व ६९ मा इजिप्टमा जन्मिएकी क्ल्यिोपात्रा इतिहासमा सबैभन्दा बढी चर्चित मध्येकी पात्र हुन् । उनका बाबु राजा टोलिमाई बा¥हौं शक्तिशाली राजा थिए । त्यतिबेला इजिप्ट शक्तिको चुलीमा पुगेको थियो । उनको आमाबारे भिन्न अनुमानहरू छन् । कसैले ग्रीक भनेका छन् त कसैले श्याम वर्णकी अफ्रिकी मूलकी भनेका छन् । कतिपयले उनकै फुफू ट्रिफाना भनेका छन् । आमाबारेको शंका कायमै छ । जस्को कोखबाट जन्म लिएको भनिएपनि रूपवती थिइन् भन्नेमा सबैजसो सहमत छन् ।

बाबुकी प्रीय छोरी भएकाले सँगै यात्रा समेत गर्थिन् । राजनीति र युद्धलाई सानै उमेरबाट नजिकदेखि नियाल्न पाउनाले उनमा शासकीय स्वभाव पैदा भएको थियो । भोगाईले उनीभित्र शासक बन्ने महत्वाकांक्षा पलाएको थियो ।

बाबु टोलिमाईको निधन इशापूर्व ५१ मा भएको थियो । क्ल्यिोपात्रा मात्र १८ वर्षकी थिइन् र उनका भाई टोलिमाई ते¥हौं १० वर्षका थिए । राज्यको अधिकार दुवैको हातमा पुग्यो । उतिबेलाको इजिप्टेली संस्कृति अनुसार दाजुबहिनी वा दिदीभाईको विवाह भयो । उनीहरूको शासनकालमा राजनीतिक र आर्थिक संकट बढ्यो । क्ल्यिोपात्रा र टोलीमाईबीच विवाद बढ्यो । सिरिया पुगेर बलियो सेना खडा गरिन् र इजिप्टमा फर्किएर दरिलो चुनौती दिइन् ।

त्यतिबेला जुलियस सिजर र पोम्पेईबीच आन्तरिक युद्ध चलिरहेको थियो । हारपछि पोम्पेले इजिप्टसँग शरण मागे र पाए । पिछा गर्दै एन्टोनी इजिप्टभित्र घुसेर पोम्पेको हत्या गरे । त्यही उनको भेट क्ल्यिोपात्रासँग भयो । दुवैबीचको प्रेम चुलियो । एन्टोनीको सहयोगका कारण क्ल्यिोपात्रासँग भाई तथा पति टोलिमाईबाट शक्ति हत्याउने महत्वाकांक्षा बढ्यो । प्रेमिकाको चाहनाका सामु एन्टोनी प्राणको आहुती दिन समेत तयार भइसकेका थिए । उनले भरपूर सहयोग गरे । टोलिमाईमाथि नाइलको युद्धमा विजय हासिल गरी क्लियोपात्रालाई गद्दी फिर्ता गराए ।

सिजरसँग क्ल्यिोपात्राको भेटबाट कथाहरू छन् । इजिप्ट पुगेका सिजर सम्म पुग्न क्ल्यिोपात्राले नोकरलाई लगाएकी थिइन् । कार्पेटमा बेरिएर बसिन् र नोकरले उठाएर सिजरको कोठासम्म पु¥याएका थिए । २१ वर्षीया क्ल्यिोपात्रा र ५२ वर्षीय जुलियस सिजरबीचको प्रेम अन्र्तरङ्ग सम्बन्धमा परिणत भयो । क्ल्यिोपात्राले इशापूर्व ४७ मा सिजारियन नामको छोरालाई जन्म दिइन् । छोरालाई वंश अधिकार दिन क्ल्यिोपात्राले सिजरसँग अनुरोध गरिन् । तर सिजरले छोरालाई आफ्नो स्वीकारेनन् ।

क्ल्यिोपात्रा नारी सौन्दर्यकी प्रतिक हुन् । आज पर्यन्त उनको पहिचान सुन्दर र शाक्तिशाली नारीको रूपमा छ । Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्