Logo

संविधान संशोधन नगरे स्वागत गर्दैनौं : राजेन्द्र महतो



काठमाडौं, ६ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको सङ्घर्ष जारी रहेको स्पष्ट पारेका छन् ।

राजपा सिरहाका अध्यक्षमण्डल सदस्य रामबहादुर महतोको १३ औँ दिनको पूण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलिसभामा नेता महतोले संविधानमा रहेका त्रुटि नसच्याएसम्म संविधानको स्वागत गर्न नसकिने बताए। उनले भने,“संविधान संशोधन गर्नुपर्छ ।”

मधेशी जनताको हकअधिकार अझै सुनिश्चित भई नसकेको उनको धारणा थियो । श्रद्धाञ्जलिसभामा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रदेश वनमन्त्री रामनरेश राय, वन राज्यमन्त्री सुरेश मण्डललगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot