Logo

अफगानिस्तान मामलामा अमेरिकालाई साथ दिनु गम्भीर भुल भएको इमरानको निष्कर्ष



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तान मामलामा अमेरिकालाई साथ दिनु गम्भीर भुल भएको बताएका छन् । संयुक्तराष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका पुगेका उनले विगतको घटना औल्याउँदै अफगानिस्तानमा अमेरिकालाई साथ दिंदा पाकिस्तानलाई उल्टै नोक्शान परेको टिप्पणी गरेका हुन् ।

पाकिस्तान अफगानिस्तानका सशस्त्र समूहविरुद्धको कदममा कुनै पक्षमा लाग्न नहुनेमा लागेर भुल भएको इमरानको भनाई थियो । विदेशी हस्तक्षेपविरुद्ध योद्धा तयार गरेर लड्न लगाएको अमेरिकाले अर्को विदेशी हस्तक्षेपलाई सहयोग गरेर भुल गरेको उनले बताए र सोभियत सेनालाई अफगानिस्तानबाट हटाउन पाकिस्तानले त्यहाँका योद्धा तयार गरेको खुलासा गर्दै अमेरिका अफगानिस्तानमा आउँदा भने सहयोग गरेको विषय समेत उल्लेख गरे ।

सोभियत फौजसँग लड्न पाकिस्तानको इन्टर सर्मिसेस इन्टेलिजेन्स आइएसआईले सशस्त्र समूहलाई तयार गरेकोमा उसैविरुद्ध लाग्दा भुल भएको इमरानको आशय थियो । खानले भने, ‘जब सोभियत संघले सन् १९८० को दशकमा अफगानिस्तानमाथि हस्तक्षेप गर्यो तब अमेरिकाबाट सहयोग पाएको पाकिस्तानले सोभियतको प्रतिरोध गर्ने अवस्था बनायो । आइएसआईले सशस्त्र समूहलाई तालिम दिन संसारभरका मुस्लिमहरुलाई आव्हान गर्यो,’ उनले अगाडि भने, ‘हामीले सोभियतहरुसँग लड्न सशस्त्र समूह खडा गर्यौं र त्यतिबेला जिहादीहरु नयक भए । सोभियतीले अफगानिस्तान छाडे र अमेरिकाले पनि अफगानिस्तान छाड्यो र हामी जिहादीका साथ रह्यौं ।’

त्यसपछिको घटना व्याख्या गर्दै इमरानले सेप्टेम्बर ११ २००१ मा विश्व व्यापार संगठनमा भएको हमलापछि पाकिस्तान अमेरिकासँगै आतंकवादविरुद्धको लडाईंमा सहभागी भएको कदमलाई गलत भने । उनले भने, ‘विदेशी हस्तक्षेपविरुद्ध लड्नुलाई जिहाद भनिने सिकाइयो तर अमेरिका नै अफगानिस्तानमा पुगेपछि त्यसविरुद्ध लाग्दा आतंकवादी भनियो ।’ सेप्टेम्बर ११ को अल कायदा हमलापछि अमेरिकासँग मिलेर आतंकवादविरुद्धको लडाईंमा सहभागी हुनुलाई गम्भीर भुल भनेका हुन् ।-एजेन्सी Photo File



प्रतिक्रिया दिनुहोस्