Logo

के सनी देओलका छोरा अभिनीत फिल्म डुबेकै हो



बलिउड सुपरस्टार सनी देओलका छोरा करणले डेब्यू गरेको फिल्म “पल पल दिल के पास” ले अभिनेता सञ्जय दत्त र अभिनेत्री सोनम कपूरको फिल्मलाई बक्सअफिसमा पछाडि पारेको छ । बक्सअफिसको कलेक्सन हेर्दा करणको फिल्म “पल पल दिल के पास” को कलेक्सन राम्रो देखिएको हो ।

करणको फिल्मसँगै २० सेप्टम्बरमा सञ्जय स्टारर फिल्म “प्रस्थानम” र सोनमको फिल्म “द जोया फ्याक्टर” एकैसाथ प्रदर्शनमा आएको थियो । फिल्म “प्रस्थानम” ले तीन दिनमा २ करोड ९५ लाख, ‘द जोया फ्याक्टर’ ले २ करोड ३० लाख र “पल पल दिल के पास” ले ४ करोड ६० लाखको व्यापार गरेको जनाइएको छ । फिल्म ‘पल पल दिल के पास’ को ओपनिङ कमाई १ करोड २० लाख हुँदा ‘प्रस्थानम’ ले ८० लाख र ‘द जोया फ्याक्टर’ ले ७० लाख कमाएको थियो ।

फिल्म ‘पल पल दिल के पास’ एक भिडियो ब्लगर सहर सेठी (सहर बाम्बा) र एक पर्वतारोही करण सेहगल (करण देओल) को प्रेम कहानीमा आधारित छ । फिल्मको निर्माता र निर्देशक दुवै सनी देओल हुन् ।

फिल्मबाट आशा गरे जस्तो प्रतिफल नआएपछि सनीको छोरालाई बलिउडमा स्थापित गराउने कुरामा निकै ठूलो धक्का पुगेको छ । डेब्यूको फिल्मले नै निराश बनाएपछि बाहिरी ब्यानरको फिल्मबाट अफर आउने सम्भावना न्यून देखिएको छ । बलिउडमा देओल परिवारको तेस्रो पुस्तालाई फिल्म नफापेको चर्चा हुन थालेको छ ।File Photo



प्रतिक्रिया दिनुहोस्