Logo

सुरज थापाको स्वरमा चलचित्र “काले दाई” को गीत सार्वजनिक (भिडियोसहित)



नेपाल आइडल सिजन एकका प्रतिस्पर्धी सुरज थापाको स्वरमा ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक भएको छ । ६ असोज राजधानीमा एक कार्यक्रमका बीच चलचित्र “काले दाई” मा समावेश गरिएको यो गीतलाई सार्वजनिक गरिएको हो ।

ईन्द्र रामजालीको शब्द अनि गोविन्द श्रेष्ठको लेखन रहेको यो गीतमा पवनवाङ लामाले संगीत भरेका छन् । १७ असोजबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो शिव शर्मा निर्देशित चलचित्रले प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथा वाचन गरेको छ ।

शम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानीमा चलचित्रलाई नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको छ । चलचित्रमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।

चलचित्र “काले दाई” मा कलाकार इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका अन्य कलाकारहरुको अभिनय छ ।

हेर्नुहोस् भिडियोः

File Photo



प्रतिक्रिया दिनुहोस्