Logo

कक्षा एघारको नतिजा सार्वजानिक ( पूरक परीक्षाको तालिका सहित )



काठमाडौं,७ असोज, । कक्षा एघारको नतिजा सार्वजानिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको हो । वैशाखमा सञ्चालित परीक्षाको नियमित र आंशिक परीक्षाको परीक्षाफल मंगलबार सार्वजनिक गरेको हो ।
मंगलबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो भने परीक्षामा नियमितर्फ ३,४९,६०३, ग्रेडवृद्धितर्फ १ लाख ४२ हजार ३ सय ४५ र आंशिकतर्फ १७ हजार १०४ परीक्षार्थी सहभागी भएका थिए ।

नतिजा हेर्नको लागि विद्यार्थीले परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट एसएमएस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्ने बोर्डले बताएको छ ।

बोर्डले पूरक परीक्षा कात्तिक ३० र मंसिर १ गते आइतबार हुने गरी तालिका पनि सार्वजानिक गरेको छ ।
बोर्डल कात्तिक ३० अनिवार्य अंग्रेजी विषयको पूरक परीक्षा हुनेछ । एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुले आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा एकै दिन हुने जनाएको छ ।

मंसिर १ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले बताएको छ ।

पूरक परीक्षाको तालिका



प्रतिक्रिया दिनुहोस्