Logo

अनमोल र साम्तेनको “धुपौरे” टिमअप



अभिनेता अनमोल केसीले नयाँ चलचित्र गर्ने भएका छन् । अनमोलले चलचित्र “त्यान्द्रो” फेम्ड निर्देशक साम्तेन भुटियाको नयाँ चलचित्र “धुपौरे” मा काम गर्ने भएका हुन् । तिहारपछि छायाँकन सुरु हुने उक्त चलचित्र डार्क एक्सन–लभस्टोरी जनरामा निर्माण हुने जनाइएको छ ।

साम्तेन र अनमोलको टिमअप भएको उक्त चलचित्रको लागि अन्य कलाकार भने टुंगो लागेको छैन । निर्माण टिम बाँकी कलाकारको छनोट प्रक्रियाको तयारीमा छन् । निर्माण टिमले कुनै आधिकारिक जानकारी नदिए पनि अनमोलले यो चलचित्रबाट ५० लाखको आसपासमा पारिश्रमिक बुझेको स्रोतले जनाएको छ ।

फरक धारका फिल्म बनाउने निर्देशकको रुपमा चिनिएका साम्तेनको नयाँ फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गते प्रदर्शनमा आउँदैछ । ‘धुपौरे’ उनको ड्रिम प्रोजेक्ट रहेको जनाइएको छ ।

पछिल्लो समय अनमोल ब्लकबस्टर चलचित्र “ए मेरो हजुर ३” मा देखिएका थिए । उनले त्यो चलचित्रपछि बाहिरी ब्यानरको चलचित्र साइन गरेका थिएनन् । आफ्नो होम प्रोडक्सनको चलचित्र “एन्टी हिरो” को छायाँकन सुरु हुन ढिलाई हुने भएपछि उनी साम्तेनको ‘धुपौरे’ गर्न लागेका छन् ।File Photo



प्रतिक्रिया दिनुहोस्