Logo

वाइडबडी र ललिता निवास काण्डबारे सनसनीपुर्ण खुलासा, अब को–को जाँदैछन् जेल (भिडियोसहित)



काठमाडौं, ७ असोज । सत्तारुढ दल नेपालक कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले आफूहरु आफ्नै विचारधाराको मोडल अपनाएर अघि बढ्ने सुनाए । नेकपाले दुवै मित्रराष्ट्र भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्ने उनको भनाई थियो । मंगलबार राति प्राईम टाईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री ईन्द्र बानियाँले नेकपा कम्युनिज्मतर्फ अघि बढ्न लागेको हो कि भन्ने आशंका पैदा भएको सुनाए ।

नेता बस्नेतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सफल भएको पनि दाबी गरे । उनले भने,अख्तियारले यो वर्षमात्रै पाँच सय ६८ जना ठूला ठूला भ्रष्टाचारीहरुलाई कारबाहीको प्रक्रिया अघि बढायो । अख्तियारकै आयुक्तलाई त्यो ढंगले कारबाही भएको हामीलाई थाहा थियो ? प्रमुख आयुक्तमाथि नै छानबिनको प्रक्रिया अघि बढिरहेको छ । भिसीजस्ता मान्छेहरु रंगे हात पक्राउ परेका छन् ।’ वाईडबडी खरिद घोटाला प्रकरणमा ठूला ठूला नेताको पनि नाम आईरहेको र अहिले अनुशन्धानको प्रक्रियामा रहेको सुनाए ।

तर, कांग्रेस नेता बानियाँले वर्तमान सरकारले अख्यितार, अदालतलगायतलाई काम नै गर्न नदिएको आरोप लगाए । उनले भने,’सरकारले काम गर्न दिनुपर्यो, जहाँपनि दुई तिहाईको आतंक छ ।’



प्रतिक्रिया दिनुहोस्