Logo

नागरिक उड्डयन प्राधिकरणलाई एयरलाइन्स, होटललगायतले अर्वौं तिर्न बाँकी (क-कसले तिरेनन्)



काठमाडौं, ७ असोज । स्वेदशी र विदेशी एयरलाइन्स देखि कम्पनिहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अरबौं तिर्न बाँकी रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ, भर्याङ, बस सेवालगायत प्रयोग गरेर रकम नतिर्ने दर्जनौं एयरलाइन्सले रकम बुझाएका छैनन् । त्यसबाहेक एयरपोर्टमा कोठा तथा स्टल भाडामा लिने, विज्ञापन राख्नेलगायतका कम्पनिहरुले पनि शुल्क तिरेका छैनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एक सय ९५ कम्पनिको एक अर्ब नेपाली रुपैयाँभन्दा बढी रकम बक्यौता रहेको छ । जसमध्ये केही कम्पनिहरुले करोडौं रकम तिर्न बाँकी छ ।

एयर एशियाले मात्र झण्डै १९ करोड तिर्न बाँकी छ । बन्द भइसकेको नेकोन एयरको पौने पाँच करोड बक्यौता छ । जेट एयरवेजको साँढे तीन करोड रकम पुगेको छ । नेपालमा सेवा बन्द गरिससकेको इन्डिगोले एक करोड ६९ लाख, संसारभर बन्द भइसकेको किङफिसर एयरलाइन्सले एक करोड १५ लाख रुपैयाँ तिर्न बाँकी छ । लुफ्थान्साले साँढे दश लाख, लुम्बिनीले २५ लाख, एयर साहराले ३४ लाख, स्काइलाइनले १४ लाख तिर्न बाँकी छ । बन्द भइसकेको सिभानी एयरले ५५ लाख तिर्न बाँकी छ ।

युनिभर्सल सप्लाई एजेन्सीले पौने नौ करोड तिर्न बाँकी छ । होटलहरुले पनि रकम तिर्न बाँकी छ । होटल स्वनिगा कफिी सपले साँढ एक करोड तिरेको छैन । यो पर्यटन व्यवसायी सुवास श्रेष्ठले एयरपोर्टमा संचालन गरेको होटल हो । Photo Source: dnaindia



प्रतिक्रिया दिनुहोस्