Logo

निजगढ विमानस्थल स्विट्जरल्यान्डको कम्पनीले बनाउने



काठमाडौं,७ असोज । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनको लागि स्विट्जरल्यानडको जुरिच इन्टरनेशनल मात्र योग्य ठहरिएको छ । साढे तीन अर्ब अमेरिकी डलरको लगानीमा यो परियोजना निमार्ण हुन लागेकोमा कम्पनीले जुरिच इन्टरनेशनल आशयपत्र स्वीकार गरेको हो । ६ असोजमा प्रधानमन्त्री तथा बार्डका अध्यक्ष केपी शर्माको अध्यक्षतामा बसेको बैठकले सार्वजानिक निजी साझेदारीमा विमानस्थल निर्माण गर्ने आशयपत्र चयन गरेको हो ।

विमानस्थल बनाउनका लागि ७ आशयपत्र पेश भएको थियो । अनुभवका आधारमा जुरिच इन्टरनेशनललाई चयन गरेको लगानी बोर्डले जनाएको छ । निजगढ विमानस्थल निर्माणका लागि भारतीय कम्पनी जीएमआर, तीन चिनियाँ, एक नेपाली, एक फ्रान्सेली र स्विट्जरल्यानडको जुरिच कम्पनीको आशयपत्र पेश भएको थियो । त्यसमध्ये एउटा कम्पनी वित्तीय र अनुभव दुवैमा अयोग्य मानिएको थियो । बाँकी पाँच कम्पनी दुई मध्ये एकले मापदण्ड पूरा गर्न सकेको थिएन । आयोजना निर्माणको दिशामा बोर्ड उन्मुख भएको छ । लगानी बोर्डले ठूला परियोजना निर्माण गर्न महन्वपूर्ण निर्णय गरेको बोर्डको भनाइ रहेको छ ।

निजगढ विमानस्थल निर्माणलाई अत्यन्तै प्राथमिकता र संवेदनशीलताका साथ हेरिएको र अब संङ्क्षिप्त सुचीमा परेको जानकारी लगानी बोर्डले जुरिचलाई पठाउने जनाएको छ । बोर्डका अनुसार सुचना पठाएको ३५ दिनभित्र जुरिचले आयोजना निर्माण प्रस्ताव पेश गर्नेछ । प्रस्ताव कम्पनीले विमानस्थल निर्माणका लागि आयोजना निर्माणको प्रतिक्रिया, वित्तिय स्रोतको जानकारी, सरकारबाट अपेक्षा गर्ने सहुलियत र निर्माणका क्रममा सिर्जना हुने रोजगारी तथा अनुमानित लागत रकम समेत खुलाउने छ । प्रस्ताव प्राप्त भएको ६० दिनभित्र उसको प्रस्ताव बारे निर्णय लिइसक्नुपर्नेछ । आयोजना प्रस्ताव मूल्यांकन र निर्णय गर्ने जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भटट्राई नेतृत्वको एक विज्ञ समूहले गर्ने बोर्डले जनाएको छ ।  निर्णय पछि मात्र निर्माण कम्पनीसँग आयोजना विकासको सम्झौता हुनेछ । सम्झौता भएको डेढ वर्षमा परियोजना प्रस्ताव (डीपीआर) तयार गर्ने र निर्माणको चरणमा जानेछ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ८० वर्गकिलोमिटर क्षेत्रफलमा बनाउने निर्णय भइसकेको छ । आयोजना तीन चरणमा बन्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्