Logo

विभिन्न कम्पनीका मोबाइल सहित युवक पक्राउ



काठमाडौं, ७ असोज । प्रहरीले विभिन्न ६४ थान कम्पनीका मोबाइल चोर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखरापुर नगरपालिका ६ सलमपुटार बस्ने अशोक विष्ट रहेका छन् । उनलाई चोरी गरेका विभिन्न कम्पनीका मोबाइल सहित ५ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरमा विभिन्न कम्पनीका मोबाइलहरू लुकाई राखेको सूचनाको आधारमा महानगरीय प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त मोबाइल सहित पक्राउ गरेको जनाएको छ ।

यसैगरी काठमाडौं पुरानो बानेश्वर भत्केको पुल बस्ने धादिङका आशिष आचार्यलाई चोरी गरेका विभिन्न कम्पनीका मोबाइल ४२ थान सहित ५ असोजको साँझ प्रहरीले पक्राउ गरेको छ । विभिन्न कम्पनीको मोबाइलहरु लुकाइ राखेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्घबाट खटिएको प्रहरीले आचार्यको कोठा तलासी गर्दा उक्त मोबाइल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्