Logo

फ्रान्सेली फोटोग्राफर मिचेल मिलेको ‘फिप्टिन इयर्स इन नेपाल’ तस्विर प्रदर्शन हुने



काठमाडौं । फ्रान्सका फोटोग्राफर मिचेल मिलेले नेपाल बसाइका क्रममा खिचेका तस्वीरहरुको प्रदर्शनी हुने भएको छ । यहि असोज १० गते अर्थात् २७ सेप्टेम्बरदेखि एक महिनासम्म फ्रान्सका फोटोग्राफर मिचेल मिलेले खिचेका तस्विरहरुको प्रदर्शनी ‘फिप्टिन इयर्स इन नेपाल’ हुन लागेको हो । प्रदर्शनी ललितपुरको पाटन म्युजियममा सञ्चालन हुनेछ ।

तस्विरमार्फत् नेपालको विश्वभर प्रचार गर्न सफल व्यक्तित्व हुन् फ्रान्सेली फोटोग्राफर मिचेल मि । नेपालको १५ वर्षे यात्रामा नेपालका सबैजसो जनजीविकालाई नजिकबाट नियालेर उनले तस्विर खिचेका छन् । यसै सन्दर्भमा कलाको विकास र विस्तारको लागि लागेको योङ पिकासोले उनै मिचेलले आफ्ना जीवनमा १५ वर्षमा नेपालमा खिचेका तस्विरहरुलाई प्रदर्शनीको रुपमा ल्याउन लागेको छ ।

यसर्थ उक्त प्रदर्शनीमार्फत नेपाललाई विश्वभर प्रचारमा ल्याउन थप सहयोग गर्न तथा नेपालको कला, संस्कृति तथा पर्यटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले फ्रान्सेली फोटोग्राफर मिचेल मिले पन्ध्र वर्ष नेपाल भ्रमणका समयमा खिचिएका उत्कृष्ट तस्विरहरुको प्रदर्शनी गर्ने उद्देश्यले ‘फिप्टिन इयर्स इन नेपाल’ नामक फोटो प्रदर्शनी कार्यक्रम आयोजना गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्