Logo

अभिनेत्री बनिन् बिहे अगाडि नै आमा



बलिउडकी अभिनेत्री एमी ज्याक्सन आमा बनेकी छिन् । बिहे अगाडि नै उनीले छोरालाई जन्म दिएर आमा बनेकी हुन् । एमीले बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सिंह इज ब्लिंग’, ‘२.०’ लगायतमा काम गरिसकेकी छिन् ।

एमीले आफ्नो सन्तानलाई संसारमा स्वागत गर्दै बच्चा र जर्ज पानायियोटौसँग इन्स्टाग्राममा फोटो पोष्ट गरेकी छिन् । अभिभावक बनेका उनीहरुले बच्चाको नाम एन्ड्रियास राखेका छन् । गत वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा बाधिँएका थिए । उनीहरुले सगाई गरे तर विवाह भने गरेका थिएनन् ।

एमी बलिउडमा रमाएकी हलिउड अभिनेत्री हुन् । उनी तमिल फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । पछिल्लो केही महिनादेखि एमी विभिन्न सौन्दर्यको प्रोडक्ट प्रोमोटिङ्गमा व्यस्त थिइन् ।

Photo Source: iamamyjackson Instagram



प्रतिक्रिया दिनुहोस्