Logo

डेढ लाख भारतीय रुपैयाँ सहित पक्राउ



काठमाडौं, ७ असोज । डेढ लाख भारतीय रुपैँया सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर बस्ने भारत बेतिया घर भएका प्रमेन्द्र दास र हर्मेन्द्र दास रहेका छन् । काठमाडौं महानगरपालिका १४ बल्खुबाट भारतीय रुपैयाँ १ लाख ५० हजार सहित ६ असोजको साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बा.१ ज ७४९१ नम्बरको बीरगंज काठमाडौं चल्ने टाटा सुमो जिपमा सवार प्रमेन्द्रलाइ पाँच सय दरका दुई सय थान भारतीय रुपैयाँ र हर्मेन्द्रको साथमा पाँच सय दरको एक सय थान गरी उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्