Logo

जोगी बने सैफ अली खान



बलिउड अभिनेता सैफ अली खान जट्टाधारी जोगी बनेका छन् । उनी छिट्टै आफ्नो नयाँ फिल्म “लाल कप्तान” मा नागा साधुको भुमिकामा देखिने भएका छन् । उनको यो नौलो लुक्स फिल्मको अफिसियल पोस्टरमा देख्न सकिन्छ । खानको यो अवतारले फिल्म कस्तो होला भन्ने जिज्ञासा दर्शकमा उत्पन्न गराएको छ ।

११ अक्टोेबरमा रिलिज हुने निश्चित गरिएको फिल्म पोस्टरसँगै १८ अक्टोबरमा प्रदर्शन मिति घोषणा गरिएको छ । नवदीप सिंह निर्देशित फिल्ममा सैफ अली खान र नितिन कक्कडको पनि अभिनय रहेको छ । आनन्द एल रायले निर्माण गरेको फिल्मको कथा दीपक वेङकेटेशले लेखेका हुन् ।

पछिल्लो केही समयदेखि सैफको कुनै फिल्मले बक्सअफिसमा सफलता हात पार्न नसकेपनि उनको व्यस्ततामा भने कुनै कमी आएको छैन । उनीसँग फिल्मको लस्कर छ । उनले वेब सिरिज ‘सेक्रेड गेम्स’ बाट निकै प्रशंसा बटुलेका छन् ।



प्रतिक्रिया दिनुहोस्