Logo

सी जिङ पिङको विचारले नेपाल चल्दैन- पूर्व प्रधानमन्त्री झलनाथ खनाल



काठमाडौं, ७ असोज । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाल खनालले आफ्नो दल कुनै विदेशी दलको नीति अंगिकार गरेर अगाडि नबढ्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी या सि जिङ पिङको पथमा नेकपा नजाने भन्दै त्यस्ता प्रचारलाई कुप्रचार भने । नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग मङ्गलबार विहान कुराकानी गर्दै उनले महत्वपूर्ण खुलासाहरु गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले सिजीङ पिङको नीति अंगिकार गर्न लागेको हो ?
बिलकुलै होइन ।
नेपाल कम्युनिस्ट पार्टी चिनियाँ राष्ट्रपति सि जिङ पिङको पथमा गयो भन्ने हल्ला छ नि ?
यो मिडियाका गलत तत्वहरुले कुप्रचार मात्रै हो । हाम्रो पार्टी सि जिङ पिङको पथमा चल्ने कुरा आउँदैन । नेपाल कम्युनिस्ट पार्टी आफ्नै नीति, सिद्धान्त, कार्यदिशा र लक्ष्यका साथ विगत ७० वर्षदेखि नेपालमा क्रियाशील छ । यसले नेपाली समाजलाई आमूल परिवर्तन गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कारणले नेकपा सि जिङ पिङका विचारमा चल्ने होइन । सि जिङ पिङ विचार भनेको चिनियाँ कम्युनिस्ट पार्टीले विगत ७० वर्षदेखि जुन ढंगले समाजवाद निर्माण गर्ने बाटोमा अगाडि बढिरहेको छ । त्यसमा अगाडि बढ्दा माक्स र लेनिनवादका आधारभूत सिद्धान्तलाई चीनका वास्तविकतामा लागु गर्ने क्रममा उनीहरुले जुन कार्यदिश, नीति र सिद्धान्त विकसित गरेका छन् । त्यसलाई उनीहरु सि जिङ पिङ विचार भन्दछन् । सि जिङ पिङ थर्ट भनेको चिनियाँ कम्युनिस्ट पार्टीको विचारधारा हो । त्यो आधारमा नेपाल अगाडि बढ्ने भन्ने हुँदैन । त्यसरी नेपाल चल्दैन ।
नेपालको परराष्ट्र नीति कता छ ? तपाईंहरुले नेपाल युद्ध भूमि बनाउन खोज्नुभएको त होइन ?
यो गोष्ठी भनेको नेपाल कम्युनिस्ट पार्टी र चिनीयाँ कम्युनिस्ट पार्टीको गोष्ठी हो । यसमा चिनले आफ्नै कुरा राख्छ र नेपाल कम्युनिस्ट पार्टीले पनि आफ्नै कुरा राख्छ । यसमा हामी दुवैका आ–आफ्नै विचारधाराहरु छन् । आ–आफ्ना कार्यदिश, नीति र सिद्धान्त छन् । त्यसको आधारमा एक–अर्काबीच विचार र अनुभव आदानप्रदान गर्ने कुरा हो । विश्वका जोसुकैसँग पनि राम्रा कुराहरु सिक्न सकिन्छ । उहीहरुका अनुभवबाट हामी प्रेरित हुन सक्छौं । हाम्रा अनुभवहरु उनीहरुले लिन्छन् । यो पारिस्परिक सम्बन्ध हो । सिंगो विश्वमा यस्ता सम्बन्धहरु हुँदै आएका छन् । त्यसैको आधारमा हामी छलफल र सरसल्ला गरिरहेका छौं । तर, एउटा देशको पार्टीले अर्को पार्टीसँग उसैको सिद्धान्तमा चल्ने भन्ने कल्पना पनि गर्न सकिँदैन ।
देशको प्रधानमन्त्रीले अर्को देशको राजनीतिसँग जोडेर कम्युनिस्ट पार्टीको कुरा गर्नु उचित हो ?
दुईवटा कम्युनिस्ट पार्टीका नेताहरुले एकआपसमा बसेर विचार आदप्रदान गर्ने कुरा सामान्य हो । दुईवटा इन्डिपिन्डेन्ट कम्यनिस्ट पार्टीको बीचमा कुरा गर्नुलाई त्यति ठूलो मानिरहनु पर्दैन ।
भारतका नेताहरुसँग बसेर नेपालमा कस्तो नीति बनाउने भनेर छलफल गर्न सक्नुहुृन्छ ?
सकिन्छ । त्यसमा कुनै समस्या छैन ।
नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री बसेर नेपालमा विजेपीको नीति ल्याउने भनेर छलफल हुन सक्छ ?
मजाले सकिन्छ ।
चीनका प्रधानमन्त्रीको नेपालका प्रधानमन्त्रीले खुलेर प्रशंसा गर्नुभएको छ मिल्छ ?
मिल्छ । कुनै पनि देशले राम्रा कामहरु गरिरहेको छ भने तपाईंहरुका यी काम राम्रो छन् भनेर चीन, भारत, अमेरिका जुनसुकै मुलुकको प्रधानमन्त्रीको प्रशंसा गर्न मिल्छ । चीनमा झन्डै सात सय बिलियन मानिसहरु गरीवीको रेखामुनि थिए । त्यसलाई घटाएर सुन्यमा पुर्याउन थालेको छ । चिनमा गरिवी समाप्त हुँदैछ । उनीहरुको राम्रो जीवनस्तर बनेको छ । त्यसको प्रशंसा नगर्ने ? संयुक्त राष्ट्रसंघका महासचिवले चीनको खुलेर पशंसा गरेका छन् । संसारमै मानवअधिकार र गरिवी उन्मुलनको पक्षमा चीन अगाडि छ भनेर उनले प्रसंसा गरेका हुन् । त्यसको अर्थ संयुक्त राष्ट्रसंघका महासचिव चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य भए अब ? त्यो होइन कुनै एक देश अर्को देशबीचको सम्बन्ध स्वतन्त्रताका आधारमा हुन्छन् । सार्वभौम, क्षेत्रीय अखण्डता आधारमा हुन्छन् । यस्ता सम्बन्धहरुमा एकले अर्कोसँग सिक्ने आधारमा हुन्छन् । नेपाल क्रम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध अहिलेको मात्रै होइन । विगत १९५० देखिको सम्बन्ध हो यो । पुष्पलालकै पालादेखि हुँदैआएको छ । दुई देशको कम्युनिस्ट पार्टीबीच भाइचाराको सम्बन्ध छ । कहिलेकाहीं उत्तारचढाव भए पनि निरन्तर यो सम्बन्ध विकसित भइरहेको छ । त्यही सम्बन्धमा अहिले चिनीया कम्युनिस्ट पार्टीको डेलिगेसन अहिले नेपालमा छ । हामी उनीहरुसँग बसेर एक अर्को छलफल बहस गरिरहेका छौं । यसमा विचार र अनुभव आदानप्रदान गरिरहेका छौं । तर, एउटाले अर्कोको लाइन नै मान्ने कुरा होइन ।
तपाईंले जसरी व्याख्या गरेपनि नेकपाका शीर्ष नेतालाई चिनियाँ कम्युनिस्ट नेताले प्रशिक्षण दिइरहेका छन् हो ?
यो प्रशिक्षण होइन गोष्ठी हो । यो हिजो र आज गरेर दुई दिनसम्म चल्छ । सिजीपिङसँग नेपाल कम्युनिस्ट पार्टी दुई दिन गोष्ठी गर्ने छ । यस्तो गोष्ठी भोलि बिजेपीसँग पनि गर्न सक्छ । अर्को पार्टीसँग पनि गर्न सक्छ । यो दुनियाँमा जुनुसुकै राम्रा काम गर्ने देशसँग गोष्ठी गर्न र विचार आदानप्रदान गर्न सकिन्छ । आ–आफ्नो अनुभवको आदानप्रदान गर्न किन नसक्ने ?
नेपाल कम्युनिस्ट पार्टीमा मौलिकता हतरायो नि तपाईंहरुको नीति खोइत ?
हाम्रो देशमा हाम्रै नीति लागु हुन्छ । यो देशमा हालीले लोकतान्त्रिक क्रान्ति सफल बनायौं । अब नेपालका नीति, नियमअनुसार लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बमोजिम मुलुकलाई समाजवादतिर लाने हो । यसमा हाम्रा आफ्नै कार्यदिशा, नीति, सिद्धान्त हुन्छन् । त्यसका आधारमा हामी अगाडि बढ्छौं । संसारमा जुन मुलुकहरु समाजवादबाट अगाडि बढ्दैछन् उनीहरुबाट हामी अनुभव सिक्छौं । ती अनुभव हामी चीन, भारत, भियतनाम, क्युवालगायत अरु कुनै देशबाट सिक्न सक्छौं । जापान, दक्षिण कोरिया, बेलायत, अमेरिकालगायत सबै मुलुकबाट सिक्न सकिन्छ राम्रो काम ।
तपाईंहरुले चीनको प्रसंशा गर्न थालेपछि अमेरिकाले भारतीय प्रधानमन्त्री खुलेर प्रशंसा गर्न थालेको छ नि के भन्नु हुन्छ ?
चीनले आफ्नो देशमा समाजवाद लागु गर्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति नीति लिएको छ । सानासाना देशहरुको पनि स्वतन्त्रताको पक्षमा उभिएको छ । उनीहरुको सार्वभौम सत्ताको पक्षमा उभिएको छ । विश्वमा नयाँ अर्थव्यवस्था हुनुपर्छ ठूलोले सानोलाइे शोषण गर्ने खालको हुँदैन । हिजोको औपनिवेशिक र नवऔपनिवेशिक व्यवस्था तोड्नुपर्छ । विश्वका सबै राष्ट्रहरु बराबर हौं हाम्रो भविष्य सेयरिङ गरेर अगाडि बढ्नुपर्छ भनेको छ । यी असल नीतिहरु हुन् यसको सबैले प्रसंसा गरेका छन् । संयुक्त राष्ट्रसंघलगायत अन्य धेरै म्ुलुकहरुले प्रशंसा गरेका छन् । हामी चिनका सही नीतिहरुको प्रशंशा गर्दछौं । तर, हाम्रा सिमानाहरु भत्काउने, सिमाना मिच्ने, प्रहरी लगाएर थिचोमिचो गर्ने काम कसैले ग¥यो भने त्यसको विरोध गर्दछौं ।
भारतले सिमाना मिच्यो भन्ने नेपाल कम्युनिस्ट पार्टीको भनाइ हो ?
म अहिले कुनै देशविशेषको बारेमा भन्दैभन्दिँन । देशको नाम तोकेर केही भन्ने वाला पनि छैन । तर, हाम्रो देशको सिमाना मिच्ने, आवागमन बन्द गर्ने, नाकाबन्दी लगाउने लगायतका कामको हामी विरोध गर्दछौं । जसले ती विषयहरुलाई सहज ढंगले राम्रो सम्बन्ध राख्द छ । सम्मानजनक व्यवहार, स्वतन्त्रताको पक्षमा उभिन्छ त्यसको प्रसंशा गर्दछौं । अहिले हाम्रो चीन र भारत दुई देशसँग राम्रो सम्बन्ध छ । दुवै देशसँग सन्तुलित सम्बन्धहरु हामी विकास गर्दैछौं । दुवै देशबाट हामी सिक्दैछौं । भारत पनि औद्योगिक रुपले अगाडि छ । चीन पनि संसारको दोस्रो शक्तिको रुपमा अगाडि आएको छ । त्यसकारण हामीmले उनीहरुबाट हाम्रो देशलाई हित हुने कुराहरु मात्रै सिक्छौं । त्यो हिसावले हामी अगाडि बढ्न चान्छौं ।
नेपाल भारत र चीनमध्ये एकातिर ढल्कियो भने देशको अवस्था के हुन्छ ?
हामी सगरमाथाको देश हौं । कतै ढल्किने सम्भावना छैन । सगरमाथा न उत्तर ढल्किन्छ, न दक्षिण ढल्किन्छ । सगरमाथा जस्तो छ, हाम्रो देशको विदेस नीति पनि त्यस्तै हुन्छ । हामी नेपालतिर मात्रै ढल्किन्छौं । नेपालको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता, राष्ट्रिय हितहरुलाई सर्वोपरि राखेर मित्रराष्ट्रहरुसँग सम्बन्ध राख्दछौं । अहिले हामी दुवै देशसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढिरहेका छौं । निकट भविष्यमै चीनका राष्ट्रपति नेपाल आउने कुरा चलिरहेको छ । उहाँलाई हामी स्वागत गर्न चाहन्छौं । यसबाट चीनसँगको सम्बन्धलाई गहिरो बनाउन चाहन्छौं । त्यसैगरी भारतसँग पनि हाम्रा सम्बन्धहरु विकसित भइरहेका छन् । सहयोग पनि बढिरहेको छ । पाइपलाइनले गर्दा हिजोको जस्तो नाकाबन्दी हुने स्थिति समाप्त भयो कि भएन ?
हाम्रा परराष्ट्रमन्त्री चीनका विदेशमन्त्रीलाई स्वागत गर्न एयरपोर्ट पुग्नुभयो तर भारतका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न सचिवलाई पठाउनुभयो नि त्यो हो समानता ?
यो त्यस्तो खालको कुरा होइन । कड्सी पुरा गर्दा आवश्यकता अनुसार गरिन्छ । व्यक्ति अनुसार पनि हुन्छ । दुवै देशसँग भएका परम्पराअनुसार पनि हुन्छ । त्यो परराष्ट्र मन्त्रालयले कसलाई पठायो भन्ने थाहा भएन । दुई देशका परराष्ट्र सम्बन्धहरु आ–आफ्ना चलन परम्पराअनुसार गरिन्छ ।
सिजीङ पिङको विचारमा जान नेपाल तयार भयो ?
यो विलकुल गलत कुरा हो । चिनीया विचारधारा भनेको चिनले गरेको आधुनिकीकरण, विकास निर्माण र समाजवाद उन्मुृख कम्युनिस्ट विचारधारा हो । त्यसबाट हामीले पनि सिक्न सक्छौं । उनीहरु कसरी विकास गर्न सफल भए ? के गर्दा त्यसो भएको हो भनेर सिक्न सकिन्छ । तर नेपाल कम्युनिस्ट पार्टीका आफ्नै विधारधारा छन् । आफ्नै कार्यदिश, नीति, सिद्धान्त छन् कसैर्को पथमा लाग्नुपर्दैन । अब हामी समाजवादको उकालोमा पनि आफ्नै नीति र कार्यदिशामा अगाडि बढ्छौं ।
चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाले दुई देश बीचको भाइचाराको सम्बन्धलाई अगाडि बढाउन खोजेको हो ?
चीन र नेपालको भाइचाराको सम्बन्ध त १९५० सालदेखि स्थापित छ । भाइचारा भनेको दुई पार्टीबीचको आत्मीय सम्बन्धको कुरा हो । त्यो एउटा अर्को पार्टीको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने गरी हुन्छ । हामी सम्बन्ध उहिल्यैदेखि छँदैछ अहिले त्यसैलाई निरन्तरता दिइएको हो । अर्को कुनै नयाँ सम्बन्ध स्थापित गर्ने भन्ने छैन । जहाँसम्म सिजीङ पिङको विचारधारा राम्रो छ भनेको नेपालको सन्दर्भमा होइन चीनको सन्दर्भमा राम्रो भनेको हो । यसले चीनलाई विश्वसामु चिनाउन उहाँको विचारधाराले राम्रो काम गरेको छ भनेको हो । यसले चीनलाई दोस्रो महाशक्तिशाली राष्ट्रको सूचिमा राख्न सफल भयो भनेको हो । अब केही दिन पछि उसले विश्वसामु आपूmलाई पहिलो शक्तिशाली राष्ट्रमा विकसित गर्न सक्छ त्यसकारण उहाँको विचारधारा राम्रो रहेछ भनिएको हो । हिजो हाम्रा नेताहरुले पनि बोल्नुभयो चिनीया विदेशमन्त्रीले पनि बोल्नुभयो । एउटा देशको नेता र अर्को देशको नेता पार्टीमातहत जस्तो होइन बराबर अधिकार हुन्छ । चिनीया कम्युनिस्ट पार्टी ९ करोड पार्टी सदस्य भएको छ हामी ८ लाख सदस्य छौं तर हामी दुवै पार्टी समान हौं ।
कांग्रेसले त सरकार संविधान बाहिर जान लाग्यो भनेको छ नि ?
नेपाली कांग्रेसका कुनै पनि नेताहरु अध्ययन गर्दैनन् । तिनीहरु अध्ययनशील छैनन् । उनीहरु के भएको हो भन्ने कुरा बुझेका पनि छैनन् । त्यतिकै बकवास गर्दा रहेछन् । हिजो मैले बालकृष्ण खाँडले बकवास गरेको देखेँ । उनले यी दुई पार्टी के गर्दैछन् भन्ने कुरै नबुझिकन चिनियाँ कम्युनिस्ट पार्टीसँग टे«डिङ लिँदै छ नेपाल कम्युनिस्ट पार्टीले भनेर नेपाली कांग्रेस जस्तो पार्टीका जिम्मेवार नेताले त्यस्तो बोल्नु पटक्कै नसुहाउने कुरा हो । नेपाली कांग्रेसका नेता अध्ययन नगर्ने त्यत्तिकै हावामा हिडिरहेका छन् ।
प्रचण्डले त हामी कतै चीनको ओझेलमा पर्ने हौ कि भनेर तर्क गर्नुभएको छ नि ?
त्यस्ता कुरामा सर्तक रहँनुपर्छ भन्नुभएको हो उहाँले । दक्षिणबाट पनि हावा चल्न सक्छन्, उत्तरबाट पनि हावा चल्न सक्छन् भन्नुभएको हो । हामी हावाको भरमा नलागी स्वतन्त्र रुपले अगाडि बढ्न्ुपर्छ भन्ने खालको कुरा हो । प्रचण्डको पनि त्यही केपी ओलीको पनि त्यही हो ।
वर्तमान सरकारले जनताको चाहना अनुसार काम गरेर देखाउन सक्छ ?
काम त गर्दै तर कति लोकप्रिय काम गर्न सक्छ त्यो अभैm हेर्न बाँकी छ । सरकारको कामप्रति म पनि त्यस्तो औधी सन्तुष्ट छैन । कुनै व्यक्ति सरकारमा बसिसकेपछि काम गर्नुपर्छ । यति ठूलो प्रशासन यन्त्र छ । त्यसले पनि काम गरिरहेको छ । केही राम्रो कामहरु पनि रेको छ । जस्तो संविधानको घोषणा भयो । त्यसलाई कार्यान्वयन गर्ने काम यही सरकारले गरेको छ । त्यसबीच कैंयौं कानुनहरु बनाएको छ । विकास निर्माणका काम पनि गरिरहेको छ । यस्ता केही काम गरेको छ । तर सरकार जति लोकप्रिय कामहरु गरेर अगाडि जान सक्थ्यो त्यसरी जान सकिरहेको छैन । त्यसैले यसप्रति धेरै सन्तुष्ट चाहिं छैन । Photo File



प्रतिक्रिया दिनुहोस्