Logo

चोरीको सामान बरामद



पर्सा, ७ असोज । सशस्त्र प्रहरी बलको टोलीले ४ लाख २३ हजार बराबरको चोरीको सामान बरामद गरेको छ ।  बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट असोज ६ गते सशस्त्र प्रहरी बलको टोलीले करीव चार लाख २३ हजार रुपैयाँ बराबरको चोरीको सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेकोे लत्ताकपडा, मेमोरीकार्ड, भाडावर्तन र चोरीनिकासी गर्न लागिएको मरिच सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट सशस्त्र प्रहरीको टोलीले बरामद गरेको जनाएको छ । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको बताएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट सशस्त्र प्रहरी बलको टोलीले असोज ६ गते करीव दुई लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १२ स्थित कालीझोडाबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको जनाएको छ ।

यसैगरी पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ स्थित भुजहवा भन्ने स्थानबाट एपीएफ टोलीले असोज ६ गते करीव एक लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको जनाएको छ । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलको टोलीले बताएको छ ।

त्यस्तै धनुषा जिल्लाको शहिद नगरपालिका ३ स्थित यदुकुवा र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट असोज ६ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा खाद्यन्नका बरामद गरेको छ । ज १० प १५८८ र ज १३ प १७६२ नम्बरको दुई वटा मोटरसाइकमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेश धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग गरिएको दुई वटा मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । बरामद सामान तथा मोटरसाईकल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय धनुषामा बुझाएको छ । उक्त सामान तथा मोटरसाइकलको भन्सार दाखिला मुल्य चार लाख २२ हजार ८ सय ५० रुपैयाँ रहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्