Logo

हुलाकी र हलकाराको मासिक तलब ८ हजार मात्र



रुकुमकोट, ७ असोज । सरकारले सबै क्षेत्रमा न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । सरकारको सबैभन्दा तल्लो स्तरको कर्मचारीको तलब समेत १९ हजार पाँच सय पुगेको छ । तलब स्केलमा निजीमा पनि न्यूनतम पारिश्रमिक लागू भइसकेको छ ।

तर, सरकारले करारमा राखेको कर्मचारीलाई मात्र मासिक आठ हजार रुपैयाँ दिन्छ भन्दा आश्चर्य नमान्दा हुन्छ । हलकारा र हुलाकीलाई मासिक आठ हजार तलब दिएको छ ।

दुर्गम गाउँहरुमा चिठीपत्र पुर्याउने काममा लाग्ने हलकारा र हुलाकीलाई मात्र आठ हजार तलब छ । रुकुम पूर्वका हुलाकी ऋषि आचार्य आफूहरु आठ हजार तलबको भरमा काम गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘यति तलबले यो जवानामा के गर्नु ?’

अर्थ मन्त्रालयले हलकारा र हुलाकका लागि तलब वृद्धि गरिसकेको छ । यसका लागि रकम समेत निकासा भइसकेको भनिएको छ । तर, गएको महिना पनि करारका हलकारा र हुलाकीले मात्र आठ हजार तलब बुझे । हुलाकी आचार्य आफूहरुमाथि तलबमा भएको विभेदको सुनुवाई नभएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो कामको मूल्यांकन होओस् ।’ File Photo Source: Cornell University



प्रतिक्रिया दिनुहोस्