Logo

के हो ब्ल्याक होल



अन्तरिक्षमा भएको कालो क्षेत्र नै ब्ल्याक होल हो । त्यहाँ अत्याधिक गुरुत्वआकर्षणका कारण प्रकाश पनि बाहिर आउन सक्दैन । सामान्य सापेक्षताको सिद्धान्त अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ ।

ब्ल्याक होलको वरिपरी गणितीय तथ्यहरूको आधारमा परिभाषित गरिएको काल्पनिक सतह हुन्छ जसलाई क्षितिज भनिन्छ । यो क्षेत्रमा पुगेको कुनैपनि वस्तु बाहिर आउन सक्दैन त्यसैले यो क्षेत्रलाई अन्तरिक्ष वैज्ञानिकहरूले प्वाइन्ट अफ नो रिटर्नको संज्ञा दिएका छन् ।

कुनै पनि ब्ल्याक होलको क्षितिजको आकार त्यसको पूर्व आकारमा भर पर्छ । ब्ल्याक होल नजिक भएको ताराहरु अन्य क्षेत्रको ताराहरु भन्दा फरक तरिकाले काम गर्ने गर्छन् ।

ब्ल्याक होलको आकार :

ब्ल्याक होल विभिन्न आकारका हुने गर्छन् । सानो आकारका होलहरु एक परमाणु बराबरको हुन्छ । तर यसको द्रव्यमान पहाड जस्तो विशाल हुने गर्छ । द्रव्यमान भनेको वस्तुको परिमाण हो । अर्को प्रकारको ब्ल्याक होललाई “स्टेलर” भनिन्छ । यस प्रकारको ब्ल्याक होलको आकार सूर्य भन्दा २० गुणा बढी हुने गर्छ । पृथ्वी आकाशगंगामा स्टेलर जस्ता होलहरु धेरै मात्रमा हुन्छन् । पृथ्वी आकाशगंगालाई मिल्की वे ग्यालक्सी भनिन्छ । सबैभन्दा ठूलो ब्ल्याक होलहरू “सुपरम्यासिभ” भनिन्छ । ठूला आकाशगंगाले यसको केन्द्रमा एक सुपरम्यासिभ ब्ल्याक होल समावेश गर्ने गर्छ । मिल्की वे ग्यालक्सीको मध्य भागमा रहेको सुपरमासिभ ब्ल्याक होललाई धनु ए भनिन्छ । यो लगभग चार लाख सूर्यको बराबर हो ।

यसको निर्माणः

बैज्ञानिकका अनुसार सानो ब्ल्याक होलको उत्पत्ति ब्रह्माण्डको उत्पत्तिसँगै भएको हो । स्टेलरको उत्पत्ति ठुलो ताराहरु स्टेलर माथि झेरको कारण भएको हो । यस प्रक्रियालाई सुपर नोवा भनिन्छ । सुपर नोवा ब्रह्माण्डमा रहेको ताराहरु बिस्फोट भएको कारण उत्पात्ति हुने तत्व हो ।

के यसले पृथ्वी नष्ट गर्छ 

ब्ल्याक होलले आफै घुमेर ताराहरु, चन्द्रमा र ग्रहहरुलाई तान्दैन । यो स्थिर हुने गर्छ । यो होल सौर्य मण्डलको नजिकै नभएको कारण यसले पृथ्वीलाई तान्न सक्दैन । ब्ल्याक होलको र सूर्यको गुरुत्वाकर्षण बराबर हुन्छ । जसरी पृथ्वी वा अन्य ग्रह सूर्यको वारी परि घुम्ने गर्छ, त्यसैैगरी सूर्यको ठाउँमा ब्ल्याक होल स्थापित भयो भने प्रक्रिया सूर्यको जस्तै हुन्छ ।- एजेन्सी  



प्रतिक्रिया दिनुहोस्