Logo

समुद्रभित्र भेटियो नयाँ महादेश



यूरोपभित्र हराएको महादेश पत्ता लगेको छ । भूमध्य क्षेत्रको भूगोल पुनर्निर्माण गर्दा महादेश पत्ता लागेको हो । महादेशको भूभाग स्पेन देखि इरान सम्म रहेको कुरा वैज्ञानिकहरुले पत्ता लगाएको छन् । वैज्ञानिकहरुले यसको गहिराई समुन्द्रको भित्री भागसम्म रहेको अनुमान गरेका छन् ।

महादेशलाई ‘ग्रेटर एड्रिया’ नाम राखिएको छ । यसको क्षेत्रफल ग्रीनल्यान्ड जति रहेको छ । १४० लाख पूर्व दक्षिणी यूरोपमा पुरिएको देखिन्छ । यस महादेशमा धेरै मात्रामा पर्यटक आउने गथ्र्याे भन्ने अनुमान गरिएको छ ।

यस महादेशको बाँकी भाग एक पट्टी रहेको छ र यसको अर्को भूभाग ट्युरिनबाट एड्रिएटिक सागर हुँदै इटाली पुगेको छ । यसको धेरै जसो भाग समुद्र भित्र रहेको छ । आल्प्स, अपेंनिनेस, बाल्कन, ग्रीस र टर्की मा यसको पहाडी भाग रहेको कारण यसलाई पत्ता लगाउन सफल भएको हो । ट्रायसिक अवधिको बेला २४० लाख वर्ष पूर्व महादेश बन्न पुगेको थियो ।

यस द्वीपमाथि तत्काल रोमानिया, उत्तरी टर्की र आर्मेनिया बनेको छ । हराएको महादेशको शीर्ष केहि किलोमिटरको विकृत अवशेषहरू अझै पहाड श्रृंखलाहरूमा देख्न सकिन्छ । साथै यसको केहि भाग दक्षिणी यूरोपमा पुरिएको देखिन्छ । १५ सय किलोमिटरको गहिराईसम्म भूकम्पीय छालहरूद्वारा यसलाई ट्रेस गर्न सकेको जनाइएको छ ।

यो महादेशलाई पहिलो पटक पत्ता लागेको भन्न मिल्दैन । यस महादेशअघि पनि सन् २०१७ मा गोंडवाना नामक महादेश पत्ता लगाएको थियो । उक्त महादेश लाभाले ढाकेको थियो । अहिले गोंडवाना महादेश मोरिसेसको अधिनमा रहेको जनाइएको छ । यस्तैगरी, २०१७ मैं दक्षिणी प्रशान्त सगरमा जील्यांडिया नाम गरेको द्वीप पत्ता लागेको थियो ।- एजेन्सी  Photo Source : science et avenir



प्रतिक्रिया दिनुहोस्