Logo

काँग्रेसको जागरण समापन, आन्दोलनमा जाने



काठमाडौं, ७ असोज । नेपाली काँग्रेसले दोस्रो चरणको जागरण अभियान सकेको छ । मङ्गलबार देशका ७७ जिल्लामा एकसाथ सरकारको विरोधमा कार्यक्रम गर्दै दोस्रो चरणको जागरण अभियान समापन गरेको हो । समापन सँगै काँग्रेसले दशैं तिहारपछि सरकारविरुद्ध आन्दोलनमा जाने गरी कदम चाल्ने संकेत गरेको छ । यसको पूर्वाभ्यासका रुपमा आजको विरोध र्यालीलाई लिइएको छ ।

जागरण अभियानको समापनमा देशभर केन्द्र र जिल्ला तहका नेताहरु सरकारको विरोधमा कडा अभिव्यक्ति दिए । उनीहरुले वर्तमान सरकारले देशलाई बर्बाद पारेको आरोप लगाए ।

जिल्ला सदरमुकामहरुमा सरकारको विरोधमा र्याली निकालिएको थियो । र्यालीमा काँग्रेसका केन्द्र, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ता सहभागी थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारको विवादास्पद कार्यविरुद्ध कडा रुपमा प्रस्तुत नभएको भन्दै आलोचना भइरहँदा आन्दोलनतर्फ बढ्न लागेको हो ।

नेपाली काँग्रेसले शुरु गरेको दोस्रो चरणको जनजागरणको समापनका अवसरमा स्याङ्जामा बोल्ने नेताहरुले सरकार भ्रष्ट र जनबिरोधी बन्दै गएको बताएका छन् । वर्तमान सरकार महंगी, भ्रष्ट्राचार, हत्या हिंसा, चोरी डकौटी नियन्त्रणमा सरकार चुकेको समेत उनीहरुको आरोप छ । तस्बिरः प्रकाश डोटेल



प्रतिक्रिया दिनुहोस्