Logo

बेलायती प्रधानमन्त्री जोन्सनमाथि राजीनामाको दबाब



बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमाथि राजीनामाको दबाब परेको छ । संसदलाई पाँच हप्तासम्म स्थगित गर्ने जोन्सनको कदमलाई बेलायतको अदालतले गैरकानुनी ठहर्याएपछि जोन्सनमाथि राजीनामाको दबाब बढेको हो ।

मंगलबार बेलायतको अदालतले संसद स्थगन गर्ने जोन्सनको निर्णयलाई कानुनविपरित भनी फैसला गरेको छ । अदालतको फैसलालाई जोन्सनले सम्मान गर्ने बताइसकेका छन् । तर, लेबर पार्टीको सम्मेलनका उनका विरोधीले राजीनामा माग्ने भएका छन् ।

बेलायतलाई युरोपेली युनीयनबाट अलग गर्ने पक्षधर जोन्सन यही मुद्या उठाउँदै प्रधानमन्त्री पदसम्म पुगेका छन् । उनले ब्रेक्जिटको टुंगो लगाउन अनेकन कदम चाल्दै आएका छन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्