Logo

मेस्सी घाइते भएपछि मैदान छाडे



लियोनल मेस्सी घाइते भएका छन् । गएराति स्पेनिस लिग ला लिगा फुटबलमा भिल्ला रियलसँगको प्रतिष्पर्धामा मैदानमा उनी घाइते भएका हुन् ।

खेलको पहिलो हाफमै मेस्सी घाइते हुँदा बार्सिलोनाका समर्थकहरु दुःखित भएका थिए । उनी घाइते हुँदा खेल केही समय रोकिएको थियो । उनी तिघ्राको समस्याले मैदान छाड्न पुगेका हुन् ।

यसअघि पिडुलाको समस्याले खेल्न नसकेका मेस्सीले ला लिगामा यस सिजनको पहिलो खेल खेलेका थिए । पहिलो खेलमै उनी घाइते हुन पुगे । उनको सट्टा डेम्बेले मैदान प्रवेश गरे । खेलमा बार्सिलोना २-० को कठिन जित हासिल गर्न सफल भयो । तर, मेस्सीको अभाव मैदानमा खड्कियो । Photo Source: es.an



प्रतिक्रिया दिनुहोस्