Logo

जहाज १४, उड्छन् ६



काठमाडौं, ८ असोज । विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एक पटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन् ।’

ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन् । उड्दैनन् र यहाँ धेरै देखिएका छन् । मैदानभरि छन् । वाइडबढी पनि छन् । तर, जमिनमा छन् । आकाशमा छैनन् ।’

प्रधानमन्त्री ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए । जुलाई १ मा त्यसो भनेको तीन मिहना बित्न लाग्यो, थन्किएका जहाँज उडेनन् । बरु उडिरहेका थप थन्किए । सन्दै अचम्म निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा । बाँकी सबै प्रधानमन्त्रीले भने जस्तै ‘जमिनमा छन् ।’

आन्तरिकतर्फ नौ जहाज छन्, तीनवटा मात्रै उडानमा छन्। निगमले सबैभन्दा साख बिगारेको क्षेत्र आन्तरिक हो। तिनमा ट्विनअटर तीन, चिनियाँ वाई १२ ई चार र एमए ६० दुइटा छन्।

तीमध्ये ट्विनअटर, वाई १२ र एमए ६० का एक÷एकवटाले मात्रै नियमित उडान गरिरहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अखण्ड भण्डारी र राजु बाँस्कोटाले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्