Logo

जापान एक, अचम्म अनेक



काठमाडौँ । जापानको नाम सुन्ने वित्तिक्कै हामी सबैभन्दा पहिला विकसित मुलुक भनेर चिन्ने र बुझ्ने गरेका छौ। तर जापान आफै सुविधासम्पन्न, धेरै विकसित भएको कहाँ हो र ? जापानीहरुको काममा लगाव र मेहनतले आज जापान विश्वको उत्कृष्ट मुलुकको श्रेणीमा पर्न सफल रहेको छ । तर प्रत्येक देशको संस्कृति फरक भए जस्तै यहाँको संस्कृति पनि रोचक तथा निक्कै अचम्मको रहेको छ। जून जापानको अचम्मको परम्पराले संसारलाई नै चकित बनाउछ। जो यस प्रकार रहेका छन्।

खरभुजाको मूल्य आकाश बराबर
जापानमा खरभुजाको मूल्य आकासिदो रहेको छ। यहाँको एउटा खरभुजालाई ३ हजार डलर पर्ने गर्दछ।

जापनमा कफी धेरै मन पराइन्छ
जापानीलाई कफी असाध्यै धेरै मन पर्छ। यसको तथ्य कसरी प्रमाणित हुन्छ भने जापानले करीब ८५ प्रतिशत कफी अरु देशबाट आयात गर्ने गर्दछ।
धेरै शिक्षित जापान
जापानका नागरिक धेरै पढे लेखेका छन्। यहाँको साक्षरता शतप्रतिशत रहेको छ। यहाँ मानिस पढाइमा धेरै अनुसासित हुने गर्दछन्। त्यसैले उनीहरु सानैदेखि धेरै नै मेहनती हुने गर्दछन्।
स्पेशल बाथरूम स्लिपर्स
जापानमा जब तपाई कसैको घरमा पाहुना जानुहुन्छ र तपाईलाई बाथरुम जानु पर्यो भने तपाईले एउटा विशेष प्रकारको चप्पल लगाउनु पर्ने हुन्छ। किनकी यहाँ अरु जस्तै बाथरुम छुट्टै हुँदैन।
वाइम्पर जस्तै दाँत
जापानमा दाँत तलमाथि भएकोलाई धेरै राम्रो मान्ने गरिन्छ। यसलाई सुन्दरताको प्रतिक समेत मान्ने गरिन्छ। यसलाई जापानी भाषामा ‘याएबा’ भन्ने गरिन्छ।
यहाँका मानिसहरु सिधा भएको दाँतलाई डेन्टिस्टकहाँ गएर बाङगो टिङगो बनाउने गर्दछन्।
सुरुप्प तरिकाले खाने शैली
यहाँका मानिसहरु प्राय जसो खाना खाने बेलामा आवाज निकालेर खानुलाई राम्रो मान्ने गर्दछन्। यसबाट उनीहरुले खाना मिठो भएको अनुभूति हुने बताउँछन्। र यो सेफ वा भान्सेलाई स्यावासीको लागि थप हौसला हुन जान्छ।

कडल कैफ़े
यो क्याफेको विशेषता विचित्रको रहेको छ। यहाँ पुरुष ग्राहक आएर महिलाको छेउमा आएर सुत्न समेत पाउँछन्। तर कुनै पनि प्रकारको सेक्सुअल चाहना भने देखाउन पाइदैन। यो क्याफे जापानमा एक वर्ष पहिले खुलेको हो।
विद्यार्थीले सफाइ गर्दा मौन
जापानका स्कुलमा सरसफाइ गर्दा विद्यार्थीहरु कट्ठेलाई पनि छुट्टै राखिँदेन। सबैलाई सरसफाइ गर्न लगायन्छ। यसले बसैमा सफाइ गर्नुपर्छ भन्ने भावनाको विकास हुन्छ। यस्ले काम सजिलै र राम्रो तरिकाले सम्पन्न हुन जान्छ।
कालो दाँत
प्राचीन जापानमा महिला आफ्नो दाँतलाई कालो बनाउने गरेको थियो। किनकी सेतो दाँतलाई नराम्रो मान्ने चलन थियो।
कामको समय सुत्नु राम्रो

जापानमा यदि काम गरिरहेको समयमा सुतेमा यहाँ अफिसको हाकिम रिसाउदैनन् बरु सुतेको देखेर खुसी हुन्छन्। किनकी उसलाई थाहा हुन्छ की तपाई दिनरात काम गरिरहनु भएको छ भनेर। जापानमा कामको समय करीब १९ घण्टा सम्म हुन्छ।
कालो अनुहार
जापानमा कालो अनुारलाई ‘गुङगारु’ भनिन्छ। यहाँ सेतो छाला तथा कालो छालाभउकोलाई सुन्दरताको प्रतिक मान्ने गरिन्छ। यो कुरा निास भएका युवाहरुले यहाँ यस्तो अभियान चलाउने गर्दछन्। जुन आफ्नै विरुद्ध युवाहरुले अनुहार कालो बनाउने गर्दछन्।
लभ होटल
जापानमा लभ गर्ने होटल पनि निक्कै लोकप्रिय मानिन्छ। यो होटल घण्टाको हिसाबले प्राप्त हुने गर्दछ। यसको मूख्य विशेता भनेको यहाँ जोडी युवतीहरु वा दम्पती केही समय बिताउन सक्छन्। यो होटलको कवठा अलग अलग रङगमा सिङगारिएको हुन्छ।
फुगू शेफ 
जापानमा फुगु सेफ बन्न कम्तिमा ११ वर्षको समय बिताउनु पर्ने हुन्छ। यो कुरा जापानी नागरिकको लागि निक्कै सिरियस कुरा हो। यसलाई बनाउन प्रक्रिया सिक्नको लागि ११ वर्ष लाग्ने गर्दछ।यस्तो किन भन्दा यो माछा निक्कै विषालु हुने गर्दछ। यदि राम्ररी बनाउन सकिएन भने खाने मानिस नै मर्न सक्छ। यसलाई अरुलाई दिनु पहिले सेफ आफैले पहिला चाख्ने गर्दछन्।
नाङगै फेस्टिवल
जापानमा प्रत्येक वर्ष नेकेड अर्थात नाङगो फेस्टिवल हुने गर्दछ। जहाँ हजारौ मानिसहरु नाङगै भएर सडकमा घुम्ने गर्दछन्। यो कल्चरलाई ‘हाडाका मासुरी’ भनेर भन्ने गरिन्छ। यस्तो किन गरिन्छ भन्दा जसले थोरै लुगा लगाएको हुन्छ उसमा धेरै शक्ति संचय भएको हुन्छ भन्ने जनविश्वास चलिआएको छ।
सुसाइड फोरेस्ट
जापानमा आखीगाराको जंगल आत्महत्याको लागि संसारमै प्रख्यात रहेको छ।
हिकिकोमोरी
यो एउटा यस्तो अवस्था हो जसमा जापानी मानिस आफै तनावमा रहेको बेला आफै कोठामा बन्द गरेर संसारबाट विदा लिने गर्दछन्।जापानमा मानिसमा कामो तनाव र दवावले गर्दा उनीहरुले यस्तो गर्ने गरेका छन्।
स्लिप क्याप्सूल
यो औषधि नभइ यो निन्द्रा लगाउने एउटा सानो क्याप्सूल हो। जसबाट मानिस आराम गर्नको लागि खाने गर्दछ।
घोडाको मासु
घोडाको काचो मासु जापानमा निक्कै प्रिय मानिन्छ।
संसारको सबैभन्दा महँगो टूना
विश्वकै सबैभन्दा महँगो टूना जापानमा बिकेको थियो। यससलाई करीब ७ लाख ३५ हजार डलरमा बेचिएको थियो।
खरायोको आइल्याण्ड
जापानमा खरायोको संख्या धेरै रेको छ। यहाँ खरायोको एउटा आइल्याण्ड नै छ जसको नाम ओकुनोशिमा हो। यहाँ हजारौको संख्यामा खरायो घुम्दै गरेको देख्न पाइन्छ।

विश्वकै सबैभन्दा पुरानो कम्पनी
जापानमा संसारकै सबैभन्द पुरानो कम्पनी रहेको छ। यसको नाम हो कोंगो गूमी। यसो स्थापना सन ५७८ मा भएको थियो।एजेन्सी



प्रतिक्रिया दिनुहोस्