Logo

बिश्वकै सुन्दर हुन्जा समुदायका महिला, जो कहिल्यै बुढी हुँदैनन्



काठमाडौं, ८ असोज । सुन्दरताप्रति आकषिर्त नहुने को होला । महिलाको सुन्दरताको विश्वभर चर्चा हुने गरेको छ । विश्वका सवैभन्दा राम्रा महिला कहाँ बस्छन् होला भन्ने पनि धेरैको चासोको विषय बन्ने गरेको पाइन्छ ।

 

एक अनुसन्धानका अनुसार विश्वका सवैभन्दा सुन्दर र बुढ्यौलीले प्रभाव पार्ने महिला पाकिस्तानमा बस्छन् । उत्तरी पाकिस्तानको काराकोरम पहाडको हुन्जा उपत्यकामा बस्ने हुन्जा समुदायका महिलाहरु विश्वकै सवैभन्दा राम्रा महिलामा पर्छन ।

हो, हामीले जुन महिलाहरुको बारेमा कुरा गर्दैछौँ, उनीहरु साँच्चीकै दुनियाका सबैभन्दा सुन्दर महिला हुन् जो कहिल्यै बुढी हुँदैनन्, रोगी हुँदैनन् । बुढ्यौली उमेरको प्रभाव पर्दैन उनीहरुमा अनि डेढ सय वर्षसम्म बाँच्दछन् ।उक्त समुदायका महिलाहरु वास्तवमै निकै सुन्दर छन् र उनीहरुको सुन्दरताको चर्चा दुनियाभर हुन्छ ।

हुन्जा समुदायका मानिसहरु सबैभन्दा लामो आयु भएका, खुसी, सुखी तथा स्वस्थ मानिसको रुपमा मानिन्छ । यो समुदायका मानिसहरु कहिल्यैपनि बिरामी हुँदैनन् । यो समुदायका मानिसमा कसैलाई पनि क्यान्सर छैन र यो समुदाय क्यान्सर प्रतिरोधी भएको ठानिएको छ ।

आफुलाई सिकन्दरका सेनाका सन्तानको रुपमा लिने यो समुदायका महिलाहरु १ सय ६० वर्षसम्म मज्जाले बाँच्छन् । यहाँको औषत आयु नै १२० वर्ष छ । यि यस्तो नश्लका महिलाहरु हुन जो ६५ वर्षसम्म बच्चा जन्माउन सक्छन् ।

उनीहरु सदावहार देखिन्छन् र स्वस्थ हुन्छन् । खानपान र वातावरणले उनीहरुलाई निकै स्वस्थ र तन्दुरुस्त बनाएको छ । जसका कारण लामो समय बाँच्छन् र ढिलोसम्म बच्चा जन्माउँछन् ।

 

यो समुदायका मानिसको सुन्दरता र स्वास्थ्यको प्रमुख कारण उनीहरुको खाना नै हो । उनीहरु धेरै मात्रामा ओखर खान्छन् । सागपात, फलफूल, दुध, अण्डा जस्ता पौष्टिक पदार्थ पनि उनीहरुले प्रसस्तै खान्छन् ।



प्रतिक्रिया दिनुहोस्