Logo

कृषि विकास बैंकको सिस्टम ह्याक गरेर यसरी भयो चोरी



काठमाडौ, ८ असोज । कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंकको लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे ।

यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास बैंकमा भने योभन्दा फरक तरिकाले रकम चोरी भएको पाइएको निरौलाले बताए ।

‘प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको छ, बाँकी हामी अनुसन्धानमै छौं’, प्रवक्ता निरौलाले भने, ‘विगतमा भएको ह्याकिङ प्रकरणभन्दा यो नयाँ हो ।’



प्रतिक्रिया दिनुहोस्