Logo

२६ वर्षमै करोडपति अभिनेत्री आलिया



सबैको रोजाइमा र खोजीमा पर्छिन् बलिउड अभिनेत्री आलिया भट्ट । बलिउडको सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीमा आलिया पनि पर्छिन् । २६ वर्षीय अलियाले वार्षिक ९ करोड ६० लाख कमाउने अनुमान गरिएको छ । उनीसँग ३५ करोडको सम्पत्ति पनि भएको जनाइएको छ ।

ब्रिटिश नागरिकता भएकी उनी सन् २०१४ देखि फोर्ब्स इन्डियन सेलिब्रेटीको सूचीमा पर्दै आएकी छिन् । सन् २०१७ मा उनी फोर्ब्स एसियाको अन्डर ३० सूचीमा परेकी थिइन् भने सन् २०१८मा आलिया फोर्ब्स इन्डियन सेलिब्रेटीको सूचीमा १२ औं स्थानमा आइपुगेकी छिन् । आलिया प्रसिद्ध फिल्म निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी छोरी हुन् । आलिया अभिनयसँगै गायनमा पनि अब्बल छिन् ।

आलियासँग ६० लाख पार्ने ग्रे रंगको अडि ए६ कार, ७० लाख पर्ने अडि क्यू५, ८५ लाखको रेन्ज रोभर इभोक र १ करोड ३२ लाख पर्ने बिएमडब्लु ७ सिरिज कार छ । आलिया डिजाइनर रिचा बहलद्धार डिजाइन गरिएको जुहूको भव्य र आरामदायक अपार्टमेन्टमा बस्छिन् ।
सन् १९९९मा फिल्म सङ्घर्षमा बालकलाकारको रुपमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी आलियाले सन् २०१२ मा फिल्म स्टुडेन्ट अफ द इयरमा पहिलोपटक मुख्य भुमिका निभाएकी थिइन् । उनले २ स्टेट्स (२०१४), हम्प्टी शर्मा की दुल्हनिया (२०१४), कपुर एण्ड सन्स (२०१६), डियर जिन्दगी (२०१६) र बद्रीनाथ की दुल्हनिया (२०१७) जस्ता थुप्रै फिल्महरु बलिउडलाई दिएकी छिन् ।

उनी अभिनेत्री, गायकासँगै विभिन्न कोका कोला, गार्नेर र मेबेलिनलगायत थुप्रै ब्रान्ड र उत्पादनहरुका लागि सेलिब्रेटी एन्ड्रोसर पनि हुन् । आलियाले आफ्नो कपडा र हाते–झोलाको व्यवसायिक क्षेत्रमा पनि कदम चालेकी छिन् र “को–एक्जिष्ट” नामक पर्यावरणीय योजनाको सुरुवात गरेकी छिन् । File Photo



प्रतिक्रिया दिनुहोस्