Logo

नेकपाविरुद्ध हौवा नफैलाउन कांग्रेसलाई माधव नेपालको चेतावनी, कम्युनिष्ट पार्टी लोकप्रिय



काठमाडौं, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध कुनैपनि हौवा वा अफवाह नफैलाउन नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । उनले नेकपा कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको स्पष्ट पारे ।

बुधबार नेकपाको विदेश विभागले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताउका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले जनताले सर्वा्धिक रुचाएकाले नेपाल कम्युनिष्ट पार्टी नेपालमा लोकप्रिय हुन पुगेको जिकिर गरे ।

उनले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको सुनाए । नेपालले नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सति सालझैँ उभिएर काम गरेकाले विश्वमा आफ्नो पार्टीले निर्वाचनको माध्यामबाट जनताको विश्वास लिएर शासन सत्ता संचालन गर्ने मौका पटक-पटक पाउने गरेको पनि स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्