Logo

लागूऔषध सहित युवक पक्राउ



सिन्धुली, ८ असोज । अवैध लागुऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनपाटन गाउँपालिका ५ बस्ने प्रदिप तामाङ समेत दुई जना रहेका छन् । कमलामाई नगरपालिका ९ स्थित लागूऔषध नाईट्रोभेट ८ सय ४० ट्याब्लेट सहित ७ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बा.६६ प ९७८७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्