Logo

फोटो प्रतियोगिताको लागि अक्टोपससँग तस्बिर लिदा घाइते



मानिसहरु आफुलाई अरु भन्दा भिन्न बनाउन विभिन्न प्रकारका कामहरु गर्ने गर्छन् । त्यस्तै, वाशिंगटनस्थित एक शहरमा भएको फोटो प्रतियोगितामा अब्बल हुन अक्टोपससँग फोटो खिच्ने क्रममा एक युवती घाइते भएकी छिन् । उनले प्रतियोगितामा सफलता हासिल गर्नको लागि अक्टोपससँग फोटो खिच्न गइन् ।

आफ्नो अनुहार अगाडि अक्टोपसलाई राखेर फोटो खिच्ने क्रममा उनलाई अक्टोपसले टोकेको छ । उनीले आफ्नो अक्टोपससँग फोटो खिच्ने इच्छालाई सफल पारेकी छिन् । तर, उनी नराम्रोसँग घाइते भएकी छिन् । अक्टोपसले टोकेको ३० मिनेटपछि उनको अनुहारबाट रागत आएको थियो । उनको अक्टोपससँगको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनको मुख पुरै सुन्नीएको छ भने बाँया पट्टिको गाला पक्षाघात भएको जनाइएको छ । उनको हातमा पनि अक्टोपसले टोकेको हुनाले हात पनि हात्ती जस्तै सुन्निएको हो । एन्टी एलर्जीले पनि उनलाई कुनै प्रभाव नपरेको जनाइएको छ । प्रतियोगिता सकिएको दुई दिनपछि उपचारको लागि गएकी उनीले इन्स्टाग्राममा आफ्नो फोटो सार्वजनिक गरेर सबैलाई यस्तो काम नगर्न अनुरोध गरेकी छिन् ।
उनले अक्टोपससँग आफुलाई टोकेको बदला लिन अक्टोपसलाई नै पकाएर सलाद बनाई खाएकी छिन् ।

Photo Source: South_Sound_Salmon_Queen Instagram



प्रतिक्रिया दिनुहोस्