Logo

आफ्नो शरीरमा सर्पलाई टोक्न लगाउने मानिस



अधिकांश मानिसहरु सर्प भनेपछि डराउने गर्छन् । सर्पलाई समात्ने, पाल्ने र खुलाउने मानिसहरु कमै मात्रामा भेटिन्छ । तर, विश्वमा यस्तो पनि मानिस छ, जसले आफ्नो शरिरमा सर्पलाई टोक्न लगाउने गर्छ । टिम फ्राइड नाम गरेका व्यक्तिले आफ्नो १६ वर्षको अनुसन्धानमा १६० पटक सर्पलाई आफ्नो शरिरमा टोक्न लगाएका छन् । ३७ वर्षीय उनी वैज्ञानिक पनि हुन् ।

टिम सर्पले टोकेका मानिसहरुको उपचारका लागि एन्टिबाइटिक बनाउने गर्छन् । उनले त्यस्तो उपचारको खोप निर्माण गर्ने क्रममा आफुलाई संसारको दुई खतरनाक सर्पबाट टोकाउने गरेका छन् । उनले यसरी एन्टिबडि सिद्धान्तलाई प्रमाणित गरेका छन् ।

संसारका ती दुई खतरनाक सर्पले टोकेको करिब १५ मिनेटपछि मानिसको मृत्यु हुन्छ । अहिलेसम्म उनी मात्रा एक त्यस्ता व्यक्ति हुन् जोसँग ती सर्पहरुलाई आफ्नो शरिरमा बारम्बार टोकाउने क्षमता छ । टिमले यो काम सर्पले टोकेको मानिसका लागि एन्टिबाइटिकको रुपमा प्रयोग हुने खोपको विकास गर्न गरेका हुन् । उनलाई आफ्नो यो कामले उक्त खोपको विकास हुने विश्वास राखेका छन् ।

प्रत्येक वर्ष सर्पको टोकाइले धेरै मानिसले आफ्नो ज्यान गुमाउने गरेको छन् । यसको वृद्धिमा कमी ल्याउनको लागि उनले यो काम गरेको जनाएका छन् । सन् २०११ मा उनले एकैसाथ दुईवटा कोब्रालाई आफ्नो जिउ टोक्न लगाएका थिए । पहिलो कोब्राले टोक्दा केहि नभए पनि दोस्रोले टोक्दा उनी बेहोस भएर कोमामा पुगेका थिए । त्यसैले, यो जीवनको सबै भन्दा ठुलो गल्ति रहेको उनले जनाएका छन् । यस घटनापछि उनलाई कुनै सर्पले टोक्दा पनि केहि नभएको उनको भनाई छ ।

उनले विश्वको खतरनाक सर्प र्याटलस्नेक, पानी कोब्रा, ताइपन, कालो माम्बा र पश्चिमी हीरा फिर्ता र्याटलस्नेक जस्ता सर्पसँग टोकाउने गरेका छन् । उनले आफ्नो यो अनुसन्धानमा कसैले सहयोग नगरेको जनाएका छन् । टिमको शरिरमा विषसँग लड्ने उच्च स्तरको एन्टिबडीहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्