Logo

रुपन्देहीमा बजार अनुगमन गर्ने प्रतिवद्वता, उपभोक्ता ठगिएको स्वीकार



बुटवल, ८ असोज। चाड पर्वको समयमा उपभोक्ता ठगिने गरेको सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरुले बताएका छन् । चाडपर्व नजिकिंदै गर्दा विभिन्न क्षेत्रका व्यवसायिबाट उपभोक्ता ठगिने गरेको उनीहरुले स्वीकार गरेका छन् ।

रिपोर्टर्स क्लव नेपाल प्रदेश-५ ले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्ने सरोकारवालाले बजार अनुगमन प्रभावकारी बन्न नसकेको बताए । दैनिक उपभोग्य वस्तु विक्रिवितरण गर्ने व्यवसायी, यातायात र होटल व्यवसायीबाट उपभोक्ता सबै भन्दा बढी ठगिने गरेको बताए ।

गुणस्तरीय सेवा र खाद्यान्न पाउने अधिकारबाट उपभोक्तालाई बन्चित गराउन नहुने र त्यसका लागि उचित अनुगमन गरी गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने उनीहरुको भनाइ छ । सोही कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय बुटवलका अधिकृत विष्णु ज्ञवालीले उपभोक्तालाई गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन बजार अनुगमनको विषयमा जिल्ला प्रशासन प्रतिवद्व रहेको बताए ।

उनले मुल्य नियन्त्रण, बजार अनुगमन र सिट संख्या भन्दा बढी यात्रुलाई टिकट दिएर सर्वसाधारणलाई दुःख दिन कार्यलाई सबैको सहयोगमा रोकिने बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्याल रुपन्देहीका निमित्त प्रमुख रुद्र ज्ञवालीले सरकारबाट उपभोक्ता नियमावली नआएकाले बजार काम गर्न समस्या भएको बताए । उपभोक्ताको हितमा कामगर्ने दायित्व भएपनि कर्मचारीको अभाव काम गर्न खाजेपनि भने जस्तो हुन नसकेको जानकारी गराए । उपभोक्ता नियमावली नआएकाले बजार निरिक्षणका लागि टोली गठन हुन नसकेको र कानुन बमोजिम स्थानीय निकायले बजार अनुगमन गनर््पर्ने बताए । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी राम प्रकाश शाहाले ट्राफिक प्रहरीले स्थानीय प्रशासन, सरकार र सरोकारवाला निकायसंग मिलेर उपभोक्ता हितमा काम गर्ने प्रतिवद्वता जनाए ।

चाडपर्वको समयमा यातायात क्षेत्रमा हुने गलत कामलाई रोक्ने र चेकजांचलाई पारदर्शी बनाउने बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले उपभोक्ताको हितमा गलत गर्ने जुनकुनै व्यवसायीलाई कारवाहीका लागि उदोग वाणिज्य संघले प्रहरी प्रशासनलाई सहयोग गर्ने प्रतिवद्वता जनाए ।

उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका कार्यवहाक अध्यक्ष तेजकुमार पाठकले बजार अनुगमनलाई निरन्तरता दिएर उपभोक्तालाई गुणस्तरीय समान उपलब्ध गराउनु पर्ने बताए । बजार अनुगमन नहुंदा गुणस्तरहिन समान विक्री गर्नेहरुलाई सहज भएको बताए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपाध्यक्ष गोविन्द खनालले बजार अनुगमनमा प्रशासनले चासो नदिएको बताए ।

उनले बजार अनुगमन नहुंदा उपभोक्ताले खाद्य अधिकार नपाएको बताए । रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।



प्रतिक्रिया दिनुहोस्