Logo

डेंगुको डरले पर्यटक आएनन्



चितवन, ९ असोज । साउन महीनादेखि क्रमशः बढेको डेंगीको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ। सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ।

भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन्। चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने गर्दथे तर यस वर्ष यो सङ्ख्या दुई सयको हाराहारी मात्र छ। यस वर्ष बसमा आउने पर्यटक दैनिक २०र३० को हाराहारी रहेका छन् भने समूहमा आउने दुई सयभन्दा कम छन्।

गत वर्षमा समूहमा आउने पर्यटक र बसमा आउने पर्यटक पाँचरपाँच सय हाराहारी हुने गरेको उनको भनाइ थियो। सौराहाबाट दैनिक छ वटा बस काठमाडौँ र दुई वटा बस पोखरा चल्ने गर्दछन्। ती बसमा न्यून पर्यटक मात्र आउने गरेका छन्। अहिले जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण चढ्ने गरेका कारण ती बसले खर्च धानेको जनाइएको छ। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot