Logo

किसानको नेता हुँ भनेर बस्ने होईनः प्रधानमन्त्री ओली



काठमाडौं, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानका नेता उत्पादनमा समेत स्थानियस्तरमा नमुना बन्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भने ‘किसानको नेता हुँ भनेर बस्ने होइन ।

‘अरु किसानको भन्दा झपक्क बढी नै खुर्सानि फलाउनु पर्छ ।’ अखिल नेपाल किसान महासंघ केन्द्रिय समितिको सफत ग्रहण तथा प्रथम बैठकलाई बुधवार सम्बोधन गर्दे स्थानिय सरकार, जनप्रतिनिधि र स्थानिय तहका पार्टी कार्यकर्ता एव किसानसंग मिलेर विकास अभियानमा बढ्न किसान नेताहरुलाई निर्देशन दिएका छन् ।

‘म आफै हलो जोतेर, कोदालो खनेर खेति गरेर आएको हुनाले खेती के हो मलाई राम्ररी थाहा छ । कृर्षि के हो? मलाई सिकाउनु पर्देन ।’उनले भने कृर्षि क्षेत्र र किसानका दुःख मलाई राम्ररी थाहा छ ।’

उनले जिविकोमुखि कृर्षिको ठाँउमा प्रविधिको प्रयोग, निर्यातमुखि उत्पादन, चक्लाबन्दी र सामूहिक खेतीतर्फ सरकारको ध्यान गएको जानकारी गराए । आजको गोरखापत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्