Logo

पशुपति क्षेत्रका मासु र मदिरा पसल बन्द गरिने



काठमाडौं, ९ असोज । विश्व सम्पदामा सूचिकृत पशुपति क्षेत्रमा अवैध रुपमा सञ्चालनमा रहेका घरेलु मदिरा, इजाजत प्राप्त मदिरा र मासुजन्य परिकारलाई बडादशैं र तिहारको आसपास हटाइने भएको छ ।

यस क्षेत्रमा रहेका देवस्थलकै दोब्बर हाराहारीमा रक्सी पसल र रक्सि भट्टिरहेका छन् । काठमाडौं महानगरपालिका ७ कार्यालय र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमबाट हटाइने टुङगो लागेको वडा सदश्य कृष्णमणी भट्टराई बताउन्छन् ।

यो क्षेत्रमा सत्तल पाटी घाटसहित देवस्थल ५१८ छन भने रक्सी पसल र मासु र जाँड पाइने भट्टी पसल पनि उक्तिकै हाराहारीमा छन् । आजको गोरखापत्रमा सरोज आचार्यले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्